ताजा खबर

छमछमी पोखरा अडिसन सम्पन्न

   ५ पुष २०७५, बिहीबार ०६:५७      2,407 views


नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘नृत्यु रियालिटी सो’ ‘रियो छमछमी सिजन–४’ पोखरा अडिसन उत्साहजनकरुपमा सकिएको छ ।पोखराको माटेपानीस्थित एस.आर केसी बैंक्युटमा मंगलबारबाट सुरु भएको अडिसन आज (बुधबार) सकिएको हो ।दुई दिनसम्म चलेको अडिसनमा पोखरा, स्याङ्जा, बाग्लुङ, तनहुँ लगायतका जिल्लाबाट उत्साहाजनक सहभागीता रहेको नेपाल टेलिभजनका पोखरा संवाददाता रेमश पौडेलले जानकारी दिए ।


हालसम्म पोखरा सहित नेपालका विभिन्न ९ ठाँउमा लिइएको अडिसनमा सहभागी भएका १ हजार ५ सय सहभागीमध्यबाट एक सय ५० जना छनौटमा परेको नेपाल टेलिभिजनका उप निर्देशक उत्तम सिलवालले जानकारी दिए ।
पोखरापछि हेटौंडा अडिसन पुस ६ र ७, चितवन अडिसन ९ र १० गते चितवन हुँदै २० र २१ गते काठमाण्डौंैमा पुगि सकिने उपनिर्देशक सिलवालले जानकारी दिए ।
कला क्षेत्रमा रहेको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ विगत देखि संचालन हुँदै आएको ‘रियालिटी सो’का विजेताले २८ लाख बराबरको कार पुरस्कार सहित विभिन्न आर्कषक पुरस्कार पाउनेछ । भने दोस्रो हुनेले पाँच लाख र तेस्रो हुनेले तिन लाख बराबरको सिजी ब्राण्डको पुरस्कार पाउनेछन । प्रतियोगितामा कुल ४२ लाख बराबरको विभिन्न पुरस्कार वितरण गरिने छ ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284