ताजा खबर

छाचोकका आमाहरु ढिकी जाँतो संरक्षणमा जुटे

   ४ फाल्गुन २०७५, शनिबार २०:१५      2,781 views

मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङको सहयोगमा

कास्कीको मादी गाउँपालिका ७ बाउन छाचोकका आमाहरु ढिकी जाँतो संरक्षणमा जुटेका छन ।
स्थानिय हिमाली आमा समुहले भवन सहित निर्माण गरेको ढिकी जाँतोको मादी गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया अचार्य पौडेलेले रिबन काटेर उदघाटन गर्नुभएको छ ।

सो अबसरमा प्रमुख अतिथि पौडेलले आमा समुहले मौलिक पहिचानको अस्तित्व बोकेको ढिकी जाँतो संरक्षणमा जुटेको भन्दै आमा समुहलाई धन्यावाद दिनुभयो ।
अहिलेको समयमा ढिकी जाँताको प्रयोग गर्ने मान्छेहरुलाई नियमित शारिरिक व्यायम र योगको जरुरत नपर्ने बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि मादी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष लालबहादुर गुरुङले एक समय कुटनि पिसनीमा नभई नहुने ढिकी जाँतो प्राय सबै घरमा भएता पनि हाल आधुनिक मेसिनहरुले यसलाई विस्थापित गरेको बताउनुभयो ।

अहिले ढिकी जाँतो लोपउन्मुख अवस्थामा पुगेको बताउँदै नयाँ पिँढीमा पुरानो जिवन पद्दतीबारे ज्ञान दिलाउने तथा नेपाली मौलिकपन बचाउन यस्ता कार्यले सहयोग पुग्ने बताउनु भयो ।
आफूहरुले जनश्रमदान र सहयोग उठाएर ढिकी जाँतो निर्माण गरेको आमा समुहकी अध्यक्ष कल्पना सापकोटाले बताउनु भयो ।


सोही समुहकी उपाध्यक्ष माया सापकोटाले गाउँ भरीकै साझा नमुना ढिकी जाँतो निर्माण भएको र यसमा कुटानी पिसानी गर्दा मेसिनमा भन्दा बढी स्वादिलो हुने भएकोले आजभोलिको समयमा पनि गाउँबासी ढिकी जाँतोमा धान तथा कोदो पिन्न आउने गरेको बताउनुभयो ।

कार्यक्रमा वडा सदस्य नारायण सापकोटा, आमा समुहकी सचिव सम्झना सापकोटा, महिला नेत्री लिलााकुमारी तमाङले लगायतले आफनो भनाई राख्नु भएको थियो ।


समुहकी अध्यक्ष कल्पना सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव उषा थापाले गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284