
छात्रवृत्ति छनौट परीक्षा सम्पन्न
तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्धारा संचालित ग्रामीण भेगका सार्वजनिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण कार्यक्रमको लागि जेठ १२ गते, शनिबार पोखरामा शैक्षिकसत्र २०८१ को लागि प्रथम चरणको छात्रवृत्ति छनौट परीक्षा सम्पन्न गरेको छ ।

कास्की, स्याङ्जा, पर्वत र लमजुङका पश्चिमी भेगका ५३ जना विद्यार्थीहरु सहभागी भएको यस परीक्षामा लिखित र मौखिक परीक्षा लिएर मुल्यांकन गरिएको थियो । संस्थाका प्रथम उपाध्यक्ष एवं छात्रवृत्ति छनौट परीक्षाका संयोजक श्रीजङ तमु र सदस्य लोकबहादुर तमुले संस्था, कार्यक्रम र परीक्षाको बारेमा प्रकाश पारेका थिए ।
यसरी विभिन्न जिल्लामा परीक्षा संचालन गरी यस बर्षका लागि ८३ जना विद्यार्थीहरु छनौट गर्ने जानकारी संयोजक तमुले दिनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुका अभिभावक तथा शिक्षकहरुको समेत उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सचिव कन्चन तमुले सन्चालन गरेका थिए ।

आजको खबर
Follow Us

‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट पत्रकार श्रीष सम्मानित
२ श्रावण २०८२, बिहीबार १५:२१
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38