
छैठौं अन्तर तमू समाज में त्हले प्रतियोगिताको उपाधी शान्ता तमू समाजलाई
फागु पूर्णिमाको अवसरमा तमू प्ये ल्हु संघ कास्कीको आयोजनामा आज पोखरामा छैठांै अन्तर तमू समाज में त्हले दिवस सम्पन्न भएको छ ।

दिवसको अवसरमा संघ कास्कीले गत वर्षहरुमा जस्तै यसवर्ष पनि अन्तर तमू समाज सामुहिक में त्हले प्रतियोगिता एवम् एकल में त्हले प्रतियोगिता समेत सम्पन्न गरेको छ ।
सामुहिक प्रतियोगितामा पोखरा ८ वटा तमू समाजले भाग लिएकोमा शान्ता तमू समाज पोखरा कूल ६७ अंक सहित प्रथम हुन सफल भएको छ ।

यस्तै तमू हे तमू समाज कूल ६२ अंक सहित दोस्रो हुन सफल भएको छ भने स्याङ्जाली तमू समाज कूल ४६ अंक सहित तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा क्होंला दीप तमू समाज ३८ अंक सहित सान्त्वना हुन सफल भएको छ ।
बिजेता समुहले क्रमशः १५ हजार, १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै आजै भएको एकल में त्हले प्रतियोगितामा शिव तमू प्रथम, धनराज तमू द्धितिय र सुरज तमू तृतिय हुन सफल भएको छ भने निम प्हच्यु तमूले सान्त्वना स्थान हासिल गर्न सफल भएको छ । बिजेता खेलाडीहरुले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

तमू प्ये ल्हु संघ केन्द्रिय समितिका अध्यक्ष हितकाजी टु तमूको प्रमुख अतिथ्यतामा सम्पन्न भएको प्रतियोगिता संघ कास्कीका अध्यक्ष उमबहादुर प्हच्यु तमूको अध्यक्षतामा भएको थियो । महासचिव निम प्हच्यु तमूले सञ्चालन गर्नुभएको कार्यक्रममा १२ कक्षा उत्र्तिण तमू विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो ।
आर्चरी खेलका राष्ट्रिय प्रशिक्षक अमृत टु तमूले कार्यक्रममा निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
उस्तै खबर





Awesome https://lc.cx/xjXBQT
Written by Jada2935 2025-04-25 16:38:00