ताजा खबर

जनकल्याण मा.वि.मा मादी गाउँपालिका र पाहार ट्रष्टको संयुक्त लगानीमा नयाँ विद्यालय भवन बन्ने

   १४ कार्तिक २०७६, बिहीबार १०:४६      2,045 views

कास्कीको मादी गाउँपालिका वडा नं. १० मकैखोलामा रहेको जनकल्याण मा.वि.मा नयाँ विद्यालय भवन निर्माण हुनेभएको छ ।

पाहार ट्रष्ट नेपाल र मादी गाउँपालिको संयुक्त लगानीमा विद्यालयमा ६ कोठे नयाँ भवन निर्माण हुनेभएको हो ।


हिजोएक भव्य समारोकाबीच मादीगाउँपालिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि वेदबहादुर गुरुङ (श्याम)ले भवनको शिलान्यास गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै उहाँले मादी गाउँपालिकाभित्र सञ्चालनमा रहेको १० वटा माध्यामिक विद्यालय मध्ये हिमालय मा.वि.गोर्जे र जनकल्याण मा.वि. मकैखोलाको भवन असाध्यै जीर्ण बनेको भन्दै दुवै विद्यालयमा यसै आर्थिक वर्षभित्र नयाँ भवन निर्माण हुने बताउनुभयो ।

हिमालय मा.वि.मा जर्मनी संस्थासँगको सहकार्यमा आफूहरुले भवन निर्माणको काम सुरु गरिसकेको र मकैखोलामा पाहार ट्रष्टसँगको सहकार्यमा भुकम्प प्रतिरोधी भवन निर्माण लागेको बताउनुभयो ।


आफूहरुले चुनावको बेला स्थानिय जनतासँग गरेका वाचाहरु कतै पुरा गर्न सक्दैन कि भन्ने चिन्ता लागि रहेकोबेला विद्यालय भवन निर्माण पक्का हुनेभएपछि जनतासँगको वाचा पुरा गर्न गाउँपालिका सफल भएको उहाँले दावी गर्नुभयो ।

सोहि विद्यालयमा नै यसैवर्षभित्र भूकम्प प्राधिकरणले अर्को ४ कोठे नयाँ भवन निर्माण गरिदिने छ भने विद्यालयलाई अझै आवश्यक पर्ने थप ४ कोठेभनव पनि पहिलो चरणको योजना सकिएपछि गाउँपालिकाले नै निर्माण गर्ने सोचमा रहेको अध्यक्ष गुरुङले बताउनुभयो ।


वि.स.२०१७ सालमा स्थापना भएको सो विद्यालय २०२२ सालदेखि जनकल्याण मा.वि.को नामबाट सञ्चालनमा रहेको छ । सुरुका दिनहरुमा विद्यालयमा एक हजार जनासम्म विद्यार्थीले एकैपटक अध्ययन गरेता पनि पछिल्लो समय बसाई सराइ र बोडिङ स्कूलप्रतिको आर्कषणले गर्दा हाल २ सय जना विद्यार्थी उक्त विद्यालयमा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक नविन शाहीले जानकारी दिनुभयो ।

विद्यालयमा दाताहरुले गरेको सहयोगलाई आफूहरुले सहि सदुपयोग गर्ने र नयाँ भवनलाई ज्ञानको ज्योति बाल्ने काममा प्रयोग गर्ने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।


कार्यक्रममा पाहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङले पाहार ट्रष्टले लगानी गरेको विद्यालयहरुलाई बोडिङ स्कूल सरह गुणस्त्तरीय शिक्षा प्रदान गर्नका लागि आफूहरुले शिक्षकहरुलाई तालिम दिने विद्यार्थीहरुका लागि लाईब्रेरी र पछिल्लो समय इ–लाईब्रेरीको समेत व्यवस्था गरेको भन्दै विद्यालयलाई सक्दो सहयोग गर्ने बताउनुभयो ।


सरकारी विद्यालयमा पढाउने शिक्षकहरुले आफनो छोराछोरी बोडिङ स्कूलमा पढाएर आफनै क्षमता माथि अविश्वास गरेको उहाँले बताउनुभयो ।


कार्यक्रममा पाहार ट्रष्ट यु.के.का डाईरेक्टर हवार्ड ग्रिनले आफू विगत २५ वर्षदेखि निरन्तर रुपमा नेपालको ग्रामीण क्षेत्रका विद्यालयहरुमा सहयोग गर्दै हिड्ेको भन्दै नेपालका थुप्रै ठाउँहरु डुलेता पनि कास्की र लमजुङ जिल्लाप्रति आफनो विशेष माया रहेकोले यी दुई जिल्लामा अरु ठाउँको भन्दै बढी सहयोग गरेको बताउनुभयो ।


विद्यायलाई कस्तो बनाउने भन्ने कुरा शिक्षक र समाजको हातमा रहने भन्दै आफनो बालबालिकाको गुणस्तरीय शिक्षाको लागि अध्ययापन गराउने शिक्षकसँगै समाज पनि उतिकै जिम्मेवार रहेको उहाँको भनाई छ ।


कार्यक्रममा मादी १० का वडा अध्यक्ष कुलप्रसाद गुरुङले भवन समयमै निर्माण गर्न आफनो तर्फबाट सक्दो सहयोग रहने बताउनुभयो ।


विद्यालयका शिक्षक अर्जुन पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रम व्यस्थापन समितिका अध्यक्ष जसबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284