ताजा खबर

जनप्रतिनिधि भएको वर्षगाँठको अवसरमा विद्यालयलाई रकम

   २ श्रावण २०७६, बिहीबार ०९:५५      1,382 views

पोखरा महानगरपालिका वडा नम्बर १५ का जनप्रतिनिधिले जनताद्धारा निर्वाचित भएको २ वर्षगाँठको अवसरमा सहयोग प्रदान गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १५ फलेपाटनस्थित सिद्ध माविलाई ५ जना जनप्रतिनिधिले सामूहिक रुपमा रु ६२ हजार ५ सय रुपैया सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

वडाध्यक्ष प्रकाश पौडेल, सदस्यहरु तोरण बानियाँ, पार्वती कार्की, मन्दिरा परियार र रुकबहादुर गुरुङले सामुहिक रुपमा सो रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारी र प्रधानाध्यापक गुरुदत्त कोइरालालाई हस्तान्तरण गर्नुभएको हो ।

वडा नम्बर १५ को एकमात्र सामुदायिक विद्यालयको शैक्षिक उन्नयनका लागि विद्यालय व्यवस्थापन समिति, वडाकार्यालय, विद्यालय प्रशासनको सहकार्यमा अक्षयकोष स्थापना गरिएको सोही रकम पनि अक्षयकोषमा राखिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीले बताउनुभयो । विद्यालय व्यवस्थापन समिति मात्र नभइ विद्यालयको प्रगतिका लागि वडाकार्यालयले गरेको सहयोग, सहकार्य र विद्यालयप्रतिको चासो सह्रानीय भएको भएको भण्डारीले बताउनुभयो ।

जनप्रतिनिधि भएको २ वर्षगाँठको अवसरमा विद्यालय स्थापना गरेको अक्षयकोषमा केही रकम सहयोग गरि विद्यालयको वृत्ति, विकासमा इटा थप्न पाएकोमा वडाध्यक्ष प्रकाश पौडेलले खुसी व्यक्त गर्नुभयो । वडाभित्रका विकास निर्माणका कार्य मात्र नभइ शिक्षा क्षेत्रको उन्नयनमा वडाकार्यालय लागी परेकोले एक सहयोग स्वरुप आफूहरुले विद्यालयलाई सहयोग गरेको पौडेलले बताउनुभयो ।

अक्षयकोषमा हालसम्म १२ लाख रकम जम्मा भएको र सो रकमको मूल धन खर्च नगरिने र व्याजबाट आउने रकम विद्यालयको भौतिक संरचना र विद्यार्थीको शैक्षिक सामग्रीलगायतमा खर्च गरिने भएकाले अन्य इच्छुक सहयोगीहरुलाई पनि यस कार्यमा सहभागी हुन प्रधानाध्यापक गुरुदत्त कोइरालाले आग्रह गर्नुभयो ।

विव्यसका अध्यक्ष शिवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सूचना अधिकारी राजेन्द्र अधिकारीले गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284