ताजा खबर

जाउँ है पोखराको अभियान टोली विराटनगरमा

   २६ मंसिर २०७७, शुक्रबार १५:०८      856 views

कोभिड–१९ बाट नराम्रोगरी प्रभवित पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन आपसि सहकार्यका लागि पूर्वी नेपाल र पोखराका पर्यटन व्यवसायी एकमत देखिएका छन् ।

जाउँ है पोखराको चार दिने अभियान लिएर बुधबार पोखराबाट निक्लिएको पश्चिमान्चल होटल संघ पोखराको टोलीले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।


सो अवसरमा बोल्दै क्षेत्रीय होटल संघ मोरङका अध्यक्ष राजन श्रेष्ठले तत्कालिन द्वन्द्वकालमा पश्चिमान्चल होटल संघले जाउँ है पोखरा कार्यक्रम सुरु गरेर सराहनीय काम गरेको बताए । आन्तरिक पर्यटनमा जोड दिएर सिथिल भएको पर्यटनलाई उकास्न सकिने उनले विचार राखे । प्रदेश १ मा पनि थुप्रै पर्यटकीय क्षेत्र रहे पनि तिनबाट मनग्य फाइदा लिन नसकिएको पनि उनले बताए ।


पर्यटन पुनस्थापना समिती प्रदेश १ का संयोजक भविश कुमार श्रेष्ठले कोभीडका कारण पर्यटन क्षेत्र निकै अफ्ठ्यारो अवस्थामा रहेको भन्दै प्रदेश(प्रदेश विच पर्यटक आदानप्रदान जरुरी भएको भन्दै उत्तर भारतका सहरहरुमा सेल्स मिसन संचालन संयुक्त रुपमा संचालन गर्न सकिने बताए ।यी तीन शहरबाट काठमाडौं हुँदै पोखरा जोड्ने गरी समेत यस्तो उडान संचालन गर्न सके सेवा दिगो हुन सक्ने सुझाव समेत कार्यक्रममा राखिएको थियो ।


आयोजक संघका सल्लाहकार हरि शर्मा गैह्रेले आफूहरु प्रदेश १ मा व्यापार गर्न नभई आसा र उत्साहको सन्देश प्रवाह गर्न आएको बताए । पर्यटक आदानप्रदानमा समेत जोड दिन जरुरी भएको भन्दै उनले एक नम्बर प्रदेशले ठूलो पर्यटकी संभावना बोकेको स्मरण गरे ।


नाट्टा प्रदेश १ का वरिष्ठ उपाध्यक्ष पुन्य भट्टराईले पुर्वी नेपाल र पोखरा विच सिधा हवाई उडान जरुरी भएको बताए । पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले तनावरहित जीवनका लागि पनि पर्यटन आबश्यक भएको भनाई राखे ।


आयोजक संघका अध्यक्ष एबं पर्यटन पुनरोत्थान समिती गण्डकी प्रदेशका सहसंयोजक विकल तुलाचनले व्यवसायी विच सहकार्य गरेर प्रबर्द्धनका अभियान संचालन गर्दै पर्यटन पुनःस्थापना गर्ने प्रस्ताव राखे । दिगो पर्यटनका लागि पुर्वाधारको जरुरी हुने भन्दै उनले सिमरा, जनकपुर र बिराटनगरलाई हवाई सेवा मार्फत पोखरासँग जोड्न जरुरी भएको बताए ।

यस अघि सांस्कृतिक एबं अध्यात्मिक नगरी जनकपुरमा सबिहीबार आयोजित कार्यक्रममा संघका अध्यक्ष तुलाचनले अहिले पोखरा घुम्ने उपयुक्त समय भएको बताए ।

पर्यटकीय सेवा सुविधामा ५० प्रतिशतसम्म छुट प्रदान गरिएका कारण खर्च समेत कम लाग्ने भन्दै तुलाचनले पोखरा घुम्न जनककपुरवासीसँग अनुरोध गरे । पोखरामा बन्द होटलहरु समेत अब खुल्ने क्रम अगाडि बढेको र पर्यटन बिस्तारै उठ्ने क्रममा रहेको पनि उनले बताए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284