ताजा खबर

जिएमसीका आन्दोलनरत विद्यार्थीलाई अनेरास्ववियुको एक्येबद्धता

   २८ माघ २०७५, सोमबार १७:१५      2,442 views

अवैधानिक तवरले सरकारले तोके भन्दा बढि शुल्क लिएको भन्दै गण्डकी मेडिकल कलेजका विद्यार्थीले विगत ११ दिनदेखि थालेको आन्दोलनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कास्कीले एक्येबद्धता जनाएको छ ।

पटकपटक कलेज प्रशासनसँगको वार्ता विफल भएपछि गत आइतबारबाट कलेजको शिक्षण अस्पताल प्राङ्गगणमा रिले अनसन बसेका विद्यार्थीको मागलाई तत्काल पूरा गर्न ध्यानाकर्षण गराउँदै अनेरास्ववियुले सोमबार विज्ञप्ती जारी गर्दै एक्येबद्धता जनाएको हो ।


‘शान्तिपूर्ण तरिकाले विद्यार्थीले उठाएका मागलाई कलेज प्रशासनले वेवास्ता गर्न मिल्दैन,’ अनेरास्ववियु क्याम्पस जिल्ला कमिटीका अध्यक्ष विवेक देवकोटाले भने, ‘राज्यले तोकेको मापदण्ड विपरित मनोमानी तवरले कलेजले विद्यार्थीबाट शुल्क लिन पाइदैन ।’


विद्यार्थीका जायज मागलाई वार्ताको माध्यमबाट सम्बोधन गर्नुको साटो उल्टै पीडा थप्ने गरी कलेजले नै अनसन बस्न बाध्य पारेको अध्यक्ष देवकोटाको भनाई छ । ‘कलेज प्रशासनका यस्ता हर्कत अनेरास्वयिुका लागि स्वीकार योग्य हुने छैनन् । त्यसो त छिटो भन्दा छिटो आन्दोलनरत विद्यार्थीहरुको माग जस्ताको त्यस्तै पुरा गर्न अनुरोध गर्दछौं ।

यदि फेरी पनि विद्यार्थीहरुका उक्त मागहरुप्रति कलेज प्रशासनले नजरअन्दाज गरेमा अनेरास्ववियु सिंगै आन्दोलनमा समाहित हुन बाध्य हुनेछ,’ विज्ञप्तीमा भनिएको छ ।


कलेजले सञ्चालन गर्दै आइरहेका एमबिबिएस, बिडिएस, नर्सिङ लगायतका शैक्षिक कार्यक्रममा सरकारले तोकेको भन्दा प्रति विद्यार्थीबाट ७५ हजारदेखि १ लाख ५० हजारसम्म बढि असुलेको आरोप सहित गएको माघ १७ गतेबाट पठनपाठन नै ठप्प हुने गरी विद्यार्थी आन्दोलित छन् ।


माघ २२ गतेबाट कलेजले सञ्चालन गरिरहेको पृथ्वीचोक स्थित हस्टिपलको बहिरंग सेवा (ओपिडी¬)मा समेत आन्दोलित विद्यार्थीले तालाबन्दी गर्दा उपचार सेवा प्रभावित भएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284