ताजा खबर

जिपी फाउण्डेशनबाट प्रेस युनियनलाई प्रेस ज्याकेट सहयोग

   २१ असार २०७७, आईतवार ०९:४३      1,075 views

जिपी फाउण्डेशन कास्कीले नेपाल प्रेस युनियन कास्कीलाई प्रेस ज्याकेट सहयोग गरेको छ ।

पूर्व प्रधानमन्त्री नेपाली काँग्रेसका पूर्व सभापति शान्ति नायक, युग पुरुष स्व.गिरीजाप्रसाद कोइरालाको ९७ औं जन्मजयन्तीको अवसरमा जिपी फाउण्डेशन कास्कीले प्रेस युनियन कास्कीलाई शनिवार एक कार्यक्रमकाबीच ५० थान प्रेस ज्याकेट सहयोग गरेको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल, जिपी फाउण्डेशन गण्डकी प्रदेशकी संयोजक संविधान सभासद् शारदा पौडेल, कास्कीका अध्यक्ष यादवराज अधिकारीले नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देललाई प्रेस ज्याकेट हस्तान्तरण गरेका थिए ।

ती प्रेस ज्याकेट प्रेस युनियन कास्कीका अध्यक्ष सिग्देलले सोहि अवसरमा क्रियाशिल पत्रकारलार्ई वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले काँग्रेसले प्रधानमन्त्री पद पाएपनि सरकारमा जान नहुने बताएका छन् ।

पछिल्लो समय नेकपामा देखिएको विवादका कारण नेकपाको कुनै गुटसँग मिलेर काँग्रेस सरकारकामा सहभागि हुने हो कि भन्ने हल्ला चलिरहेको वेला केन्द्रीय सदस्य पौडेलले अहिले काँग्रेस सरकारमा सहभागि हुनु भनेको विलय हुनु तर्क गरे ।

‘अहिले नेपाली काँग्रेसलाई प्रधानमन्त्री पद दिए पनि सरकारमा सहभागि हुनु हुदैन’ केन्द्रीय सदस्य पौडेलले भने, ‘नेकपामै दुई तिहाई भएको वेला सरकारमा रहेर केहि काम गर्न सकेको छैन । नेकपाको एउटा गुट समातेर सरकारमा सहभागि हुनु भनेको विलय हुनु जस्तै हो ।’

उनले वर्तमान सरकारले संविधानसँग वाझिने गरी ऐन ल्याउन खोजेर निरकुंशता लाद्न खोजेको बताउँदै यसकालागि काँग्रेसले शशक्त प्रतिकार गर्नुपर्ने उल्लेख गरे ।

‘साढे दुई वर्ष भयो यो सरकार बनेको, आफ्नो स्वार्थ पूर्तिका वाहेक अरु केहि काम गरेको देखिएन’ केन्द्रीय सदस्य पौडेलले भने, ‘दुई तिहाइ वहुमतको सरकार छ, काम गर्न कसैले छेकेको छैन । क्षमता नभएको मान्छेले काम गर्न सक्दैन भन्ने अहिले प्रमाणि भएको छ । त्यसैले यो सरकारसँग केहि अपेक्षा गर्न सकिदैन ।’उनले स्वर्गीय गिरीजाप्रसाद कोइराला नेपाली राजनितिको इतिहास भएको बताए ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले यो महामारीमा अग्रपक्तिमा रहेर रिपोटि· गर्ने पत्रकारलाई प्रेस ज्याकेट दिएर फाउण्डेशनले उदाहरणीय कार्य गरेको बताए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284