ताजा खबर

जिल्ला कफी सहकारी संघ कास्कीको कफी विक्री केन्द्र उद्घाटन

   १८ माघ २०७५, शुक्रबार २१:३६      2,439 views

जिल्ला कफी सहकारी संघ कास्कीले अर्गानिक कफी उत्पादन गरी बिक्री गर्ने उद्देश्यले संचालन गर्न लागेको कफी बिक्री केन्द्रको शुक्रबार उद्घाटन भएको छ ।


प्रमुख अतिथि कृषि मन्त्रालय गण्डकी प्रदेशका कृषि सचिव शरदचन्द्र श्रेष्ठ तथा विशेष अतिथि युरोपियन युनियनका भेरिना कोडीले संयुक्त रुपमा उक्त कफी बिक्री केन्द्रको उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि कृषि सचिव श्रेष्ठले कृषिको विकास गर्न हामीले हातेमालो गर्ने बताउँदै प्राङ्गारिक उत्पादनलाई बढावा दिन प्रदेश मन्त्रालय एकदम तयार छ भने ।


विशिष्ट अतिथि युरोपियन युनियनका भेरिना कोडीले कफीको क्षेत्रमा काम गर्न युरोपियन युनियन इच्छुक भएको, यहाँको कफी विश्व बजारमा माग भएको बताइन् ।

कार्यक्रममा कफी विज्ञ बद्री बस्ताकोटी, व्युटिफुल कफी नेपालका अध्यक्ष प्रचण्डमान श्रेष्ठ, वडा नं. १० का वडाअध्यक्ष रामराज लामिछाने, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी लगायते बोलेका थिए ।


जिल्ला कफी सहकारी संघका अध्यक्ष आनन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघका उपाध्यक्ष कलाधर भुगाई, संचालन सचिव हरिराज घिमिरेले गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284