ताजा खबर

जिल्ला प्रहरी कार्यालय कास्कीमा वहुद्देशीय भवनको सिलान्यास

   ८ फाल्गुन २०७५, बुधबार ०८:३१      2,403 views

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीमा अत्याधुनिक शैलीको वहुद्देशीय भवन निर्माण गरिने भएको छ ।


प्रहरी कहा सेवा लिन आउने नागरिकलाई लक्षित गरी अत्याधुनिक प्रतिक्षालय र कास्की जिल्ला भरी जडान गरिने सिसिटिभी क्यामेरा कन्ट्रोल रुम रहने गरी निर्माण हुन लागेको भवनको मंगलवार पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले सिलान्यास गरेका छन ।


भवनको शिलान्यास गर्दै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले कास्कीको सम्पूर्ण सुरक्षा दृष्टीलाई मध्येनजर गरी समुदायको प्रत्यक्ष संलग्नता र सहयोगमा निर्माण हुन लागेको भवनले प्रहरी सेवा र कुनैपनि भइपरी आउने घटनाको छानविन गर्नमा सहयोग पुग्ने वताउदै स्मार्ट सिटी र गण्डकी प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२२ मा पर्यटक आवागमन वढाउन पनि सहयोग पुग्ने वताए ।


मेयर जिसीले सुरक्षाको प्रवन्ध राम्रो भएमा जो कोही पनि स्वदेशी होस या विदेशी पोखरा घुम्न र बस्न कुनैपनि त्रास नहुने भएकाले सिसिटिभी कन्ट्रोल रुमको स्थापना संगै पोखराको पर्यटनले फड्को मार्ने समेत वताए ।


सो अवसरमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले प्रहरीसंग श्रोत साधन नहुदापनि समुदाय संग मिलेर हरेक घटनाहरुको सामना गर्न अफ्ठेरो परिरहेको सन्दर्भमा बहुउद्देशीय भवनमा निर्माण हुने सिसि क्यामेरा कन्ट्रोल रुमले प्रहरीको काम कारबाहीलाई छिटो छरितो र चुस्त दुरुस्त बनाउन थप टेवा पुग्ने वताए ।


पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले जिल्ला प्रहरी कार्यालय कास्कीको हाताभित्र निर्माण हुन लागेको बहुद्देशीय भवन प्रहरीको मात्र नभइ समग्र जनताको समेत भएकाले कास्कीमा रहेका सम्पूर्ण उद्योगी ब्यवशायी, संघ सस्था, नागरिक समाज, आमा समुह सवैले सहकार्य गरी भवन निर्माणमा सहयोग गर्नुपर्नेमा जोड दिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284