ताजा खबर

जेष्ठ नागरिक र बालबालिकासंग मनाए पौडेलले जन्मदिन

   २१ कार्तिक २०७६, बिहीबार १७:४७      1,689 views

युवा ब्यवसायी जितेन्द्र पौडेलले आफ्नो जन्मदिन असाय जेष्ठ नागरिक र बालबालिकासंग मनाएका छन् ।

पौडेलले बुधबार आफ्नो ३८ औं जन्मदिनको अबसर पारेर पोखरा २६ सहेंला पाखामा रहेको कृष्ण प्रणामी मन्दिर वृद्ध तथा बाल आश्रम पुगेर जेष्ठ नागरिकलाई सहयोग हस्तान्तरण गरि जन्मदिन मनाएका हुन् ।

उनले सहेंलापाखाको वृद्ध तथा बाल आश्रममा रहेका ९ जना जेष्ठ नागरिकका लागि ओड्ने न्यानो कपडा कम्मल, हात पुछ्ने गम्छा र खाजा सामग्री हस्तान्तरण गरेका थिए । जाडोमा न्यानो कपडा पाएपछि बुद्धबृद्दाले खुसी व्यक्त गर्दै पौडेललाई जन्मदिनको शुभकामना र आशीर्वाद दिएका थिए ।

यस्तै पौडेलले जन्मदिनको अबसर मै बुधबार पोखरा ११ रानीपौवामा रहेको सत्यसाई बाल आश्रमलाई समेत खाध्यन्न सामाग्री हस्तान्तरण गरेका छन् । पौडेलले बाल आश्रम पुगि बच्चाहरुसंग जन्मदिनको केक समेत काटेर रमाइलो साटासाट पनि गरेका थिए । उक्त बाल आश्रममा ९ जना बालकहरुले आश्रय लिदै आएका छन् ।

जन्मदिनमा महँङ्गा होटल तथा पाटी प्यालेसहरुमा कार्यक्रम गरि फजुल खर्च गर्ने संस्कार बिस्तार भईरहेको बेला पौडेलले भने समाजमा रहेका असाय नगरिकहरुलाई सहयोग हस्तान्तरण गरि जन्मदिन मनाउदै उदाहरण प्रस्तुत गरेका छन् ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284