
सिक्लेसमा जैविक विविधता तथा परम्परागत ज्ञानमा आधारित गीत प्रतियोगिता सम्पन्न
गेहेन्द्र गुरुङ / सिक्लेस
कास्कीको मादी गाउँपालिका १ सिक्लेसमा जैविक विविधता तथा परम्परागत ज्ञानमा आधारित आमा समुह एवं विद्यालय स्तरीय गीत प्रतियोगिता आज सम्पन्न भएको छ ।

नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयद्वारा अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसिएन नेपाल)को प्राबिधिक सहयोगमा संचालित नेपालमा नागोया अभिसन्धी कार्यान्वयनको लागि क्षमता अभिबृद्धि परियोजना अन्तर्गत उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) सिक्लेसका कार्यालय प्रमुख उत्सव न्यौपानेले संरक्षण र विकास निर्माणको कामलाई सँगसँगै अघि लैजानुपर्ने भन्दै संरक्षण विना विकास सम्भव नरहेको बताउनुभयो ।

९ समूह सहभागी रहेको उक्त गीत प्रतियोगितामा अन्नपूर्ण मा.वि. प्रथम हुँदै नगद १५ हजार पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेको छ भने लामाथर आमा समूह द्वितीय हुँदै नगद १० हजार प्राप्त गर्न सफल भएको छ ।

यस्तै धप्राङथर आमा समूह तृतीय हुँदै नगद ५ हजार प्राप्त गरेको छ भने पार्चे आमा समूहले सान्त्वना हुँदै नगद २ हजार रुपैंया प्राप्त गरेको छ ।

मादी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष सुरजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिक्षक गेसुवा गुरुङले गर्नुभएको थियो ।



उस्तै खबर





Awesome https://lc.cx/xjXBQT
Written by Jada2935 2025-04-25 16:38:00