ताजा खबर

झरी

   १३ पुष २०७५, शुक्रबार १०:०३      8,316 views


मिश्रा गुरुङ/ इटहरी

एक साँझ
अचानक झरी पर्यो र
खोसियो भिषण खडेरीको सांराज्य
नतमस्तक बन्यो सुखेनी बगर
नतमष्तक बन्यो सुख्खा धर्ती
झरीले आफुसँगै लिएर आएको थियो
आत्मियताको एउटा सुन्दर अनुग्रह
प्रतिक्षामै
नतमस्तक भइगएँ म
फरक परेछ ठेगाना
भिज्न नपाई
छुटेर गयो झरीको मोहक एउटा आबृष्टी
धेरै कुराहरू बगाएर झरी रोकियो


तर
बगाएन झरीसँगको मेरो अनुराग
बगाएन झरीसँगको मेरो आग्रह
भ्रम रहेछ सब
झरीले ढोगेको भ्रममा पर्यो माटो
बग्दै बग्दै आफै सकिएको हेक्का रहेन
जसरी घामले चुमेको भ्रममा पर्छ हिमाल
पग्लिएर आफै रित्तिएको हेक्का हुदैन
जसरी बतासले अंगालेको भ्रममा पर्छ बृक्ष
पातहरू उडाइलगेको पत्तै हुदैन
भावनाको लहरमा अल्झीएर
स्वैर झरीले रूझेको
भ्रममा परीगएछु म


म आफै खोसिएको यादै रहेन
घाम भएर आयो र मलाई पगाल्यौ
झरी भएर आयो र मलाई बगायो
आँधी भएर आयो र मलाई उडायो
मेरो एकाग्रताको अवशान बनाई
सट्टामा छोडेर गयो
निरूत्तर प्रश्नहरूको
भयंकर सुन्यता
बारम्बार झरी पर्दा
सर्बत्र त्यो परिबृष्टिको आभास दोहोरीरहने
निर्जन पहाडको कन्दरामा एउटा
प्रगाड आवाज दिन चाहन्छु

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284