ताजा खबर

ट्होटेंमा तमु समाज बेल्जियमले ३ विद्यार्थीलाई कोरोना शैक्षिक राहत वितरण गर्यो

   १ बैशाख २०७८, बुधबार १६:१५      1,357 views

तमु समाज बेल्जियमले कोभिड १९ कोरोना महामारीबाट बाबा आमा गुमाएका पोखराका ३ विद्यार्थीलाई कोरोना शैक्षिक राहत वितरण गरेको छ।

नेपाल र नेपालीको हरेक दुखहरुमा मल्हमपट्टी लगाउदै आएको तमु समाज बेल्जियमले कोरोना शैक्षिक राहत तमु धिं नेपाल मार्फत वितरण गरेको हो।


तमुहरुको परम्परागत साँस्कृतिक पर्व ट्होटे कोरोना संक्रमण बृद्धिका कारण सांकेति रुपमा तमु धिं र समाज घर घरमा मनाउने क्रममा मंगलवार तमु धिं नेपालमा आयोजित कार्यक्रममा पोखरा २९ का बाबा लक्ष्मण गुरुङ गुमाएका सुमित गुरुङ, तनहुकी आमा सरिता गुरुङ गुमाएकी इच्छा गुरुङ र पोखरा भण्डारढिकका अभिभावक गुमाएकी स्मृति विकलाई शैक्षिक राहत स्वरुप जनही ५०\५० हजार रुपैया वितरण गरिएको हो।

आर्थिक अवस्था कमजोर रहेको र कोरोनाले अभिभावक गुमाएका विद्यार्थीहरुलाइृ तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरङ, वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ र प्रथम उपाध्यक्ष गिमाया गुरुङले बेल्जियमबाट पठाइएको राहत वितरण गर्नुभएको तमु धिं नेपालकी महासचिव अधिवक्ता जुनाकुमारी गुरुङले जानकारी दिनुभयो।


राहत ग्रहण पश्चात कोरोनाबाट श्रीमान गुमाउनु परेको आफ्नो छोराको अभिभावक तमु समाज बेल्जियम बनेको मञ्जु गुरुङको भनाइ थियो।


यस अघि तमु धिं नेपालको कार्यसमिति, आमा समिति लगायतले ट्होटें प्रिव सांकेतिक रुपमा मनाएको थियो भने ङ्योए तमु धिं लगायत विभिन्न समाजहरु समाज घरहरुमा ट्होटें मनाएको थियो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284