ताजा खबर

डा.जगमान गुरुङद्धारा पोखरामा मुक्तिनाथ स्मृति ग्रन्थ विमोचन

   १२ चैत्र २०७५, मंगलवार १०:०५      2,776 views

ऐतिहासिक श्रष्ठा मुक्तिनाथ शर्माको स्मृतिमा प्रकाशित मुक्तिनाथ स्मृति ग्रन्थको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा.जगमान गुरुङले पोखरामा एक समारोहका विच लोकार्पण गर्नुभयो । सो ग्रन्थमा मुक्तिनाथ शर्माले गर्नुभएको राजनितिक एंव सामाजिक आन्दोलनका बारेमा विभिन्न श्रष्टाहरुले उल्लेख गरेका छन ।

ग्रन्थको लोकार्पण गर्दै उपकुलपति गुरुङले मुक्तिनाथ शर्मा सामाजिक र सांस्कृतिक रुपान्तरणका अभियन्ता भएको बताउनुभयो । उहाँले बालकृष्ण समले ‘चिसो चुलो’ लेख्नुभयो तर त्यसलाई तताउन सक्नुभएन । मुक्तिनाथ शर्माले ‘को अछुत १’ लेखेर समाजलाई तातो चुलोको अभुति दिलाउनुभयो ।


शर्माजस्ता व्यत्तित्वहरुहरुलाई राज्यले चिन्न नसकेकोमा दुःख व्यक्त गर्दै बाटुलेचौरका मुक्तिनाथ, धर्मराज थापा मात्र नभई झलकमान गन्र्धव जस्ता श्रष्टाका कृतिलाई अमरत्व दिन काब्य तिर्थ पर्यटनमा जोड दिन पर्नेमा जोड दिनुभयो । त्यसैगरि श्रष्टा हरिदेवी कोइरालाले धर्म, दर्शन र सामाजिक विभेदको सांस्कृतिक सुधारका लागि जातिय विभेद र छुवाछुत जस्ता आन्दोलनका अभियन्ता भएको बताउनुभयो ।


त्यसै गरि ग्रन्थको बारेमा समिक्षा गर्दै प्रा.डा. याम बहादुर पौडेल क्षेत्रीले उहाँ शैक्षिक मात्रै नभई राजनितिक आन्दोलनको युग पुरुष भएको बताउनुभयो । अर्का श्रष्टा भुपनिधी पन्तले मुक्तिनाथ जस्ता सामाजिक अगुवालाई तत्कालिन समाजले मात्र नभई बर्तमान समाजले पनि चिन्न नसकेको बताउनुभयो । उहाँका छोरा एंव प्रतिष्ठानका संरक्षक प्रकाश तिमिल्सीनाले मुक्तिनाथ आफ्नो मात्रै पिता नभई सवैको अभिवाक भएको बताउनुभयो ।


प्रतिष्ठानका अध्यक्ष मोहन थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिक्षा सेवी जर्ज जोन, विन्ध्यावासिनी मावि व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा,भिम गायक लगायतका बत्ताहरुले स्वर्गिय शर्माका सामाजिक एंव राजनितिक योगदान तथा हलो क्रान्तिका बारेमा बोल्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284