ताजा खबर

डिसेम्बर २८ देखि माउण्ट कैलाश रिसोर्टमा न्यु इयर इभ पार्टी हुने

   १० पुष २०७५, मंगलवार १८:२९      2,417 views

पोखराको माउण्ट कैलाश रिसोर्टले अंग्रेजी नया वर्षको अवसर पारी न्यु इयर इभ पार्टीको आयोजना गर्ने भएको छ । प्रत्येक वर्षजस्तै यो वर्षपनि रिसोर्टले अंग्रेजी नया वर्ष २०१९ को स्वागत स्वरुप विभिन्न सांस्कृतिक कार्यक्रम सहित न्यु इयर इभ पार्टीको आयोजना गर्न लागेको हो ।

डिसेम्बर २८ पुस १३ देखी ३१ डिसेम्बर पुस १६ सम्म सञ्चालन हुने न्यु इयर इभमा विभिन्न सांस्कृतीक कार्यक्रम सहित न्यु इयर को दिन लाइभ ब्याण्डको प्रस्तुती रहने रिसोर्टको अप्रेसन म्यानेजर टेक गुरुङले जानकारी दिए । गुरुङका अनुसार डिसेम्बर २८ देखी ३० डिसेम्बर सम्म सांस्कृतिक कार्यक्रम रहने छ ।

जसमा लोक संस्कृती झल्काउने खालका गितमा पोखराको तरेली सांस्कृतिक परिवारले आफ्नो प्रस्तुती राख्नेछन भने ३१ गते न्यु इयर इभको राती पोखराको ब्लु फायर ब्याण्डको लाइभ प्रस्तुतती संगै विश्वकै अग्लो स्थानमा डिजे गरी गिनिज बुकमा नाम लेखाउन सफल डिजे छेवाङको डिजे प्रस्तुती रहने गुरुङले जानकारी दिए ।विभिन्न अन्तराष्ट्रिय अवार्ड समेत प्राप्त गरेको माउण्ट कैलास रिसोर्टले न्यु इयर इभको अवसरमा रिसोर्टमा आउने पाहुनाहरुलाई खानाका परिकार विशेष छुटको समेत ब्यवस्था गरेको गुरुङले वताए । माउण्ट कैलाश रिसोर्टले रिसोर्टमा आउने पाहुनाहरुलाई लक्षित गरी नेपाली नया वर्ष, ल्होसार, क्रिसमस, अंग्रेजी नया वर्ष जस्ता चाडपर्वहरुमा विशेष कार्यक्रमहरु गर्दैै आइरहेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284