
तमुस्यो रि च्हमी परिवारको ल्होसार स्योंकै कार्यक्रम सम्पन्न

तमू जातिको महान पर्व फो ल्होसारको पावन अवसरमा तमुस्यो रि च्हमी परिवारद्धारा आज पोखरामा स्योंकै कार्यक्रम सम्पन्न गरेको छ । मिलन फाउन्डेशन नेपालका संरक्षक सावित्री गुरुङको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा विभिन्न तमू संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा शुभकामना व्यक्तगर्दै गुरुङ साहित्यिक मञ्च नेपालका अध्यक्ष गौरी गुरुङले मानिसले जिवीत हुँदा समाजमा गर्ने असल कर्महरुले नै मृत्य परयन्त पनि जिवित राख्ने भन्दै सधै असल र सतकर्मका लागि तमुस्यो रि च्हमीको कदम अघि बढोस भन्दै शुभेच्छ प्रकट गर्नुभयो ।

यस्तै गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले तमुस्यो रि च्हमीले गर्ने काममा आपूmले सधैं सहयोग गर्न तयार रहेको बताउनुभयो । चलचित्र निर्देशक कृष्णकुमार गुरुङले तमूस्यो रि च्हमीले स्थापनाको छोटो समयमै थुप्रै सामाजिक काममा अघि बढि सकेकोले अब वैधानिकरुपमा संस्था दर्ता गरेरै अघि बढनुपर्ने बताउनुभयो । साथै उहाँले आफनो प्रदर्शनमा आउन लागेको नयाँ तमू चलचित्र सबन मु को तर्पmबाट रि च्हमी परिवारलाई ५ हजार रुपैंया आर्थिक सहयोग समेत गर्नुभयो ।

कार्यक्रममा कलाकारहरु कुमार पुन, इन्द्र गुरुङ, माया गुरुङ, सुरेन्द्र गुरुङ लगायतले विभिन्न गीत संगीत प्रस्तुत गर्नुभएको थियो भने मिस तमुस्यो निशा गुरुङ, मुस्कान गुरुङ लगायतका कलाकारहरुद्धारा नृत्य प्रस्तुत गरिएको थियो । तमुस्यो रि च्हमीका अध्यक्ष गौरी मिलन गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तमुस्यो रि च्हमीका सल्लाहकार अभिलास गुरुङले गर्नुभएको थियो भने कोषाध्यक्ष पुनम गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00

उस्तै खबर





can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09