ताजा खबर

तमु (गुरुङ) कलाकार संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा सुरेन्द्र गुरुङ

   २२ असार २०७६, आईतवार ०६:५७      1,900 views

 तमु गुरुङ कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिको प्रथम अधिबेसन एबम स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ  ।

कार्यक्रमलाई उदघाटन गर्दै गण्डकी प्रदेश सरकारका आर्थिक तथा योजना मन्त्री किरण गुरुङले अब कलाकारहरु नाच्ने र गाउने मात्र नगरी आफ्ना मौलिक गित र बाजाको अध्ययन अनुसन्धानमा लाग्नुपर्ने बताउनुभयो  । 

  कार्यक्रममा प्रदेश सभा सदस्य मिना गुरुङ,इन्द्र धारा बिस्ट र मित्र गुरुङ सुबेदीले श्रम प्रति सम्मान गर्न पर्ने र कलाकार हरुको बृद्दी बिकासको लागि आफूहरुबाट आबस्यक सहयोग प्रदान गर्ने बताउनुभयो  । कार्यक्रममा बरिस्ठ नृत्य निर्देशक एबम संस्कृतिकर्मी मेनकाजी गुरुङ र बरिस्ठ गायक तथा संगीतकार कृष्ण गुरुङ लाई जनही ५,५५५ नगद फेटा र भाङ्ग्राले सम्मान गरिएको थियो   ।सम्मानित व्यक्तित्व मेनकाजी गुरुङ र कृष्ण गुरुङ्ले गुरुङ कलाकारहरुले आफ्नो पहिचानको रुपमा रहेको भाषा र संस्कृति लाई संरक्षण एबम जगेर्ना गर्न पर्ने बताउनुभयो  ।

अधिबेशनबाट सुरेन्द्र गुरुंगको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरिएको छ जसमा बरिस्ठ उपाध्यक्ष  माधब गुरुङ प्रथम ,उपाध्यक्षमा माया गुरुङ ,महासचिब टस गुरुङ ,सचिब नेत्र गुरुङ ,कोषाध्यक्ष बिक्रम गुरुङ ,सहकोषाध्यक्ष इन्द्र गुरुङ ,सदस्यहरु रुपा गुरुङ ,काजल गुरुङ ,पुजा गुरुङ ,राम प्रसाद गुरुङ र डबिंग गुरुङ चयन भएका छन्  ।

रिक्त रहेका पदमा पछी चयन गरिने बताइएको छ  । निर्बाचन मण्डलको संयोजक बरिस्ठ गायक तथा संगीतकार कृष्ण गुरुङ रहनुभएको थियो भने सदस्य हरुमा शान्ति गुरुङ र दिलु गुरुङ रहनुभएको थियो ।  दुर्गा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष माधब गुरुङले र संचालन सचिब सुरेन्द्र गुरुङले गर्नुभयो ।  फोटो एल्बम

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284