ताजा खबर

तमु चलचित्रको प्रवद्र्धनका लागि तमु संघ संस्थाले सघाउने

   ७ पुष २०७५, शनिबार २०:३५      2,550 views

तमु चलचित्रको गुणस्तरीयता अभिवृद्धि र प्रवद्र्धनका लागि तमु संघ संस्थाले सघाउने भएको छ। गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)द्धारा शनिवार पोखरामा आयोजित तमु चलचित्र र तमु संघ संस्था विच एक दिवसिय अन्तरक्रिया कार्यक्रममा संस्थागत वक्ताहरुले तमु चलचित्रको गुणस्तरीयतामा अभिवृद्धि र प्रवद्र्धनका लागि तमु चलचित्रकर्मीहरुलाई साथ दिने बताएका हुन।

कार्यक्रममा तमु धिं नेपालका द्धितिय उपाध्यक्ष हुमबहादुर तमुले अवधारणापत्र प्रस्तुत गनुृहुदै चलचित्रमा गुणस्तरीयता अभिवृद्धि, चलचित्रका कथावस्तुमा अपनत्व, मौलिकता, पहिचान र अधिकारका विषय समेटिनुपर्ने, अभिनयमा निखरता, चलचित्रलाई व्यवसायिकरण, चलचित्रकर्मीहरुको विशिष्टीकरण्मा ध्यान दिनुपर्ने, प्रचारप्रसारमा लगायत, चलचित्र मेला, महोत्सव, अवार्डको निरन्तरता, तमु समाजहरुलाई चलचित्रमैत्री बनाउनुपर्ने लगायतका सुझाव दिनुभयो। उहाले चलचित्रमा लगानी गरेर नायक नायिका बन्ने रहरले चलचित्रको मर्म मरेको भन्नुहुदै चलचित्र प्रदर्शनका लागि तमु संघ संस्थामा टिकट लिएर घुम्नु भन्दा चलचित्र निर्माण अधि नै संस्थाका अगुवाहरुसँग छलफल गर्न आग्रह गर्नुभयो। तमु संघ संस्थाले पनि चलचित्र निर्माणमा सहकार्यक्रम गर्नुपर्दछ, चलचित्रकर्मीहरु आफ्ना अधिकारका लागि बोल्नुपर्छ भन्नुहुदै उहाँले जिफानको शाखा विस्तार, अन्तराष्ट्रियकरणसँगै प्रविधीमा फड्को मार्नुपर्नेमा जोड दिनुभयो।तमु ह्युल छोंज धिं प्रदेश उपाध्यक्ष डिलमाया तमुले चलचित्रको गुणस्तरीतामा ध्यान दिन आग्रह गर्दै लेक लेक हिड्ने तमु चलचित्र मात्रै होइन कि हरेक क्षेत्रमा प्रतिष्पर्धाी चलचित्र निर्माण गर्न सघाउने बताउनुभयो।

तमु प्ये ल्हु संघ कास्कीका अध्यक्ष ओमबहादुर तमुले आफुहरु धार्मिक संस्था भए पनि चलचित्र विकासका लागि सक्दो सहयोग गर्ने बताउनुभयो।तमु ह्युल छोज धिं कास्कीका अध्यक्ष टेकबहादुर तमुले तमुहरुको एकताले नै सबै क्षेत्रमा उत्कृष्टता हासिल गर्न सक्ने भन्नुहुदै चलचित्र गुणस्तर निर्माणमा विशेष ध्यान जानुपर्ने सुझाव दिनुभयो।क्यालिफोर्निया तमु समाज अमेरिकाका पुर्व अध्यक्ष राजकुमार तमुले प्रतिभावान कलाकारलाई चलचित्रमा भुमिका दिनुपर्ने बताउनुभयो।

हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी तमुले हरेक सफलताको प्रतीक समय भएकाले समयलाई आत्मसाथ गर्नुपर्ने बताउनुभयो।यसरी नै भलामडाडा गाँउ टोल विकास संस्थाका अध्यक्ष क्या.चोकबहादुर तमु, शिवशक्ति युवा क्लव मौजाका संयोजक गुञ्जमान तमु, पर्यटन व्यवसायी कृष्ण तमुले पनि विचार व्यक्त गर्नुभएको थियो।कार्यक्रममा टिप्पणी गर्नुहुदै गुरुङ साहित्यीक मञ्च नेपालका अध्यक्ष गौरी तमुले चलचित्रको गुणस्तरीयता, विशिष्टीकरण, प्रचार प्रसारमा विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो।जिफानका अध्यक्ष गिरीप्रसाद तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिफानका तर्फबाट सल्लाहकार कृष्णकुमार तमुले अवधारणा प्रस्तुत गर्नुहुदै केही वर्षदेखि तमु चलचित्रको बजारले ओरालो लाग्दै गएकाले तमु संघ संस्थाको विशेष साथको अपेक्षा गर्नुभयो।कार्यक्रममा जिफानका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार माओत्से तमुले स्वागत र महासचिव गमन घलेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284