
तमु धिं युकेका अध्यक्ष ज्ञाम तमुलाई मात्रृशोक
तमु धिं युकेका अध्यक्ष ज्ञाम गुरुङ र आमा समितिकी अध्यक्ष प्रेमा गुरुङलाई मात्रृशोक परेको छ। अध्यक्ष गुरुङको आमा र आमा समिति अध्यक्ष प्रेमा गुरुङको सासु आमा चिजकुमारी गुरुङ विहीवार आफ्नै निवास पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजार, प्रदर्शनीमार्गस्थित सविता निवासमा विहान करिब १० बजे निधनले उहाँहरु मात्रृशोकमा पर्नुभएको हो।केही समय अघिदेखि अस्वस्थ्य भई घरमै स्वास्थ्योपचार गरिरहनु भएकी ८१ वार्षिया गुरुङको निधनले अध्यक्षद्धयलाई मात्रृशोक परेको हो। जेष्ठ छोरा ज्ञाम गुरुङ पोखरा आगमन पश्चात स्वर्गीय गुरुङको अन्त्येष्टि गरिने चारभञ्ज्याङ तमु समाजका अध्यक्ष प्रदिपकुमार तमुले जानकारी दिनुभयो।

२०१८, डिसेम्बर ३० तारिख अर्थात पुस १५ गते तमु धिं युकेद्धारा रिडिङमा भव्य आयोजना गरिएको फो ल्होछार कार्यक्रमका साथै तमु धिं युकेको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्रमको अन्तिम तयारीको बेलामा आमाको असामायिक निधनले अध्यक्ष ज्ञाम गुरुङ शुक्रवार पोखरा आइपुग्ने र स्वर्गीय आमाको अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ।एकदिन अघि मात्रै पुस १५ मा हुने फो ल्होछारसहितको विशेष कार्यक्रमको जिम्मेवारी साथ पोखराबाट बुहारी प्रेमा गुरुङ र कान्छी छोरी युके फर्किनुभएको थियो। आमाकै स्याहार सुसारका लागि युकेकाबाट एक दिन अघि मात्रै कान्छा छोरा लालकाजी गुरुङ र साइली छोरी पोखरा आइपुग्नुभएको थियो।
उस्तै खबर





Awesome https://is.gd/N1ikS2
Written by Helena2828 2025-04-29 23:35:08