ताजा खबर

तमु धिं युकेलाई तमु धिं नेपालमा स्वागत

   ६ माघ २०७५, आईतवार १९:२७      1,604 views

तमु धिं युकेको दशौं कार्यसमितिबाट नवनिर्वाचित अध्यक्ष नन्दजंग तमु, आमासमिति अध्यक्ष जगतमाया तमु लगायतको नेपाल आगमन भएको तमु धिं युकेको टिमलाई आइतवार तमु धिं नेपालले स्वागत एवं बधाई ज्ञापन गरेको छ।

तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर तमुले तमु धिं युकेका नवनिर्वाचित अध्यक्ष नन्दजंग तमु, आमा समिति अध्यक्ष जगतमाया तमु, निवर्तमान अध्यक्षमा ज्ञाम तमु, निवर्तमान आमा समिति अध्यक्ष प्रेमा तमु, संस्थापक अध्यक्ष मिनप्रसाद तमु, तमु धिं युकेका कार्यसमिति सदस्य एवं वरिष्ट फोटो पत्रकार मिलन तमु, तमु धिं युकेका कार्यसमिति सदस्य तथा चिउली पार्चे सेवा समाज युकेका अध्यक्ष कोलप्रसाद तमु, कार्यसमिति सदस्य तथा चिउली पार्चे सेवा समिति युकेका सचिव टंक मार्टिन तमु, तमु धिं यकेका कार्यसमिति सदस्य भोजबहादुर तमु, आजीवन सदस्य तथा भुम्दीकोट समाज युकेका अध्यक्ष जुमकाजी तमु, आजीवन सदस्य युवा समाजसेवी युनेस तमुलाई खादा, भाङ्ग्रा, फेटा र क्रमुबाट स्वागत सम्मान गरिएको हो।

यसरी नै तमु धिं नेपाल केन्द्रीय आमा समितिका तर्फबाट अध्यक्ष हरिमाया तमुले ढाकाटोपी, क्रमु र खादाबाट युकेबाट पोखरा आउनुभएका नवनिर्वाचित अध्यक्ष, आमा अध्यक्षसहितको टोलीलाई स्वागत गर्नुभएको थियो।

पोखरा महानगरपालिका वडा नं.९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नन्दजंग तमुलाई दशौं कार्यसमितिमा निर्विरोध निर्वाचित हुनुभएकोमा बधाईका साथै कार्यक्रम थप ऐतिहासिकता बनोस भन्ने शुभकामना व्यक्त गरिएको बधाई तथा शुभकामना पत्रबाट सम्मान गरिएको थियो।

तमु भाषा मै संचालित उक्त कार्यक्रममा तमु धिं युकेका नवनिर्वाचित अध्यक्ष नन्दजंग तमुले तमुहरुको संस्थागत सम्बन्ध प्रगाढ, समुदायका हितका पक्षमा सबै एक भई अघि बढ्ने र तमु एकताका लागि तमुहरुको लाग्नु पर्ने बताउनुभयो। युकेबाट पोखरा आउदा स्वागत र सम्मानले तमु समुदायका निम्ती थप समाजसेवामा जुट्न प्रोत्साहन मिल्ने भन्नुहुदै स्वागत, बधाई तथा शुभकामनाप्रति तमु धिं नेपाललाई धन्यवाद व्यक्त गर्नुभएको थियो।

तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव गिरीप्रसाद तमुले स्वागत र सचिव अधिवक्ता जुनाकुमारी तमुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। तमु भाषामै सञ्चालित कार्यक्रममा कास्की कजु(घाचोक), सिक्लेस(चिली), स्याङ्जा र पर्वतको तमु भाषाका प्रयोगले कार्यक्रम थप तमुमय बनेको थियो।

उक्त कार्यक्रममा तमु धिं युकेको मुखपत्र फ्रेंसी र तमु धिं युकेको ऐतिहासिकता समेटिएको बरिष्ठ पत्रकार डण्ड गुरुङद्धारा लिखित पुस्तक निरन्तरता तमु धिं युकेका अध्यक्ष नन्दजंग तमु र निवर्तमान अध्यक्ष ज्ञाम तमुले तमु धिं नेपाल लगायत सहभागीहरुलाई हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रमसँगै विगत लामो समयदेखि सहकार्यगत संस्था तमु धिं युके र तमु धिं नेपालका अगुवाहरु विच दिवाभोज गरिएको थियो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284