ताजा खबर

तमु प्ये ल्हु संघको रक्तदानमा ४५ युनिट रगत संकलन

   १४ पुष २०७५, शनिबार २०:५४      1,571 views

तमु प्ये ल्हु संघ, केन्द्रीय कार्यसमितिको आयोजनामा जारी बृहत तमु फो–ल्होसार महोत्सव अन्तर्गत शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदानमा ४५ युनिट रगत संकलन भएको छ । तमु जातिको महान् पर्व तमु ल्होसारका अवसरमा आयोजित रक्तदान कार्यक्रमको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख, प्रहरी उपरीक्षक ओमबहादुर रानाले पहिलो रक्तदाता केन्द्रीय युवा समितिका कोषाध्यक्ष जीवन प्हच्यु तमुलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक रानाले तमु प्ये ल्हु संघले सामाजिक कार्यमा महत्वपूर्ण योगदान दिँदै आएको बताउनुभयो । एक अर्को प्रसंगमा उहाँले लागू औषध र मदिराका कारण धेरै अपराध हुने गरेको भन्दै सामाजिक एवं धार्मिक संघसंस्थाले अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्नुभयो ।

सो अवसरमा ५५ चोटि रक्तदान गरिसकेका नेपाल स्वयंसेवी रक्तदाता समाज, कास्कीका अध्यक्ष तीर्थ अवस्थीले रक्तदानले शरीरलाई कुनै बेफाइदा नहुने बताउँदै रक्तदान जीवनदान भएको उल्लेख गर्नुभयो । तमु प्ये ल्हु संघ, केन्द्रीय कार्यसमितिका प्रथम उपाध्यक्ष आइबहादुर ल्हेंगे तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पवित्रा तमुस्योले गर्नुभएको थियो । महोत्सवको तेस्रो दिन शनिबार रक्तदानसँगै विभिन्न धार्मिक गुरुहरूबाट प्रवचन समेत भयो । सो अवसरमा पच्यु गुरु शरण तमु, बोन्पो लम गुरु कृष्णबहादुर तमु र क्ल्हेप्री गुरु कृष्णबहादुर तमुले प्रवचन दिनुभएको थियो । त्यस्तै, महोत्सवमा शनिबार तमु प्ये ल्हु संघले गुरुङ साहित्यिक मञ्च नेपालसँगको सहकार्यमा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा दार्जिलिङका गुरुङ साहित्यकारहरु पनि सहभागी भए । त्यसैगरी, धनुषवाण प्रतियोगिता पनि सम्पन्न भएको छ भने महोत्सवमा कलाकारहरु सुरेन्द्र गुरुङ, उमा गुरुङ, नेत्र गुरुङलगायतका कलाकारहरुले सांगीतिक मनोरञ्जन दिलाए । केन्द्रीय युवा समितिका कलाकारहरुले विभिन्न सांस्कृतिक प्रस्तुती राखेका थिए । शनिबार राती खि ल्हो (कुकुर वर्ग)को बिदाइ गर्दै फो ल्हो (मृग वर्ग)को स्वागतमा बोन फायर समेत गरिँदैछ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284