तमु प्ये ल्हु संघ, गण्डकी प्रदेशको प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न
तमु प्ये ल्हु संघ, गण्डकी प्रदेश समितिको प्रथम साधारणसभा तथा प्रथम अधिवेशन पोखरा ११ रानीपौवा शक्तिघाट स्थित रहेको तमु प्ये ल्हु संघ, केन्द्रीय खेगी भवनको सभाहलमा सम्पन्न भएको छ ।

तमु प्ये ल्हु संघ, केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश संयोजक महेन्द्र जंग टुक्ल्हेप्री तमुको संयोजकत्वमा, गण्डकी प्रदेश तदर्थ समितिका प्रथम उपाध्यक्ष कुल प्रसाद सर्बुजा तमुको अध्यक्षता र केन्द्रीय अध्यक्ष ओम बहादुर थिम्जे तमुको प्रमुख आतिथ्यतामा समितिको प्रथम साधारणसभा तथा प्रथम अधिवेशनको उद्घघाटन भएको हो । ८ वटा जिल्लाहरु कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, तनहुँ, गोरखा, लमजुङ र नवलपुरले प्रतिनिधित्व गर्दै अधिवेशनमा भाग लिएका थिए ।

कानुनी सल्लाहकार एवम् अधिवेशन निर्वाचन समितिका संयोजक अधिवक्ता जुना गुरुङले सहमतीय प्रक्रियाबाट प्रत्येक जिल्लाबाट प्रतिनिधित्व हुनेगरी ११ सदस्यीय नयाँ कार्यसमितिको फ्रेमिङ अनुसार अध्यक्षमा कुल प्रसाद सर्बुजा तमु (स्याङ्जा), प्रथम उपाध्यक्षमा जस बहादुर प्हच्यु तमु (तनहुँ), द्दितीय उपाध्यक्ष पदमा कार्यसमितिले पछि मनोनित गर्न पाउने व्यवस्थासँगै हाललाई उक्त पद खाली रहेको बताएको छ ।
यसैगरी सचिवमा टस बहादुर क्रोम्छें तमु (लमजुङ), कोषाध्यक्षमा मनलाल सर्बुजा तमु (मणी) (कास्की), सहसचिवमा रोजिना पैंगीलम तमु (गोरखा) र सहकोषाध्यक्षमा सु. याम बहादुर च्हम्रु तमु (पर्वत) रहेका छन् भने सदस्यहरुमा उद्ध सिङ तमु (नवलपुर), हरि कुमारी च्हम्रु तमु (पर्वत), रविन तमु (गोरखा) र प्रसाद तमु (गोरखा) रहेका छन् ।
नयाँ कार्यसमितिका अध्यक्ष, लगायत पदाधिकारीहरु र सदस्यहरुलाई केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश संयोजक महेन्द्र जंग टुक्ल्हेप्री तमुले पद तथा गोपनियताको सपथ गराएका थिए ।
कार्यक्रमको सञ्चालन केन्द्रीय महासचिव हर्क बहादुर योज तमुले गरेका थिए भने खुशी टुक्ल्हेप्री तमुले स्वागत गरेकी थिइन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38