
तमु साँस्कृतिक प्रतिष्ठान नेपालको ८औं अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर गुरुङ
तमु साँस्कतिक प्रतिष्ठान नेपालको ८औं अधिवेशनबाट अध्यक्षमा पुनः चित्रबहादुर गुरुङ चयन हुनुभएको छ ।

पोखराको तमु धिंमा भएको अधिवेशनले गुरुङको अध्यक्षतामा निवर्तमान अध्यक्ष चिजकाजी गुरुङ सहितको १५ कार्य समिति सर्वसहमत चयन हुनुभएको हो ।
जसको प्रथम उपाध्यक्षमा श्रीजङ गुरुङ, उपाध्यक्षमा डमर गुरुङ, सचिवमा कञ्चन गुरुङ, सह–सचिवमा भेषबहादुर गुरुङ, कोषाध्यक्षमा श्यामबहादुर गुरुङ, सह–कोषाध्यक्षमा ओम गुरुङ चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा हिरा देवी गुरुङ, मनलाल गुरुङ, लक्ष्मी गुरुङ, किरण गुरुङ, लोकबहादुर गुरुङ, आरती गुरुङ, धन कुमारी गुरुङ रहनुभएको छ ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै तमु प्ये ल्हुसंघ केन्द्रिय अध्यक्ष हितकाजी गुरुङले तमु समुदायको भाषा, भेषभुषा, धर्म संस्कार, संस्कृति संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
यसलाई संरक्षण गर्न सके, तमु सामुदायलाई मात्र नभई, सिंगो मुलुकको धार्मिक तथा आर्थिक विकास हुनेमा अध्यक्ष गुरुङले विश्वास व्यक्त गर्नुभएको थियोे ।
विशेष अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुले तमु समुदायको हक अधिकारका लागि सबै तमुहरु एक हुनुपर्नेमा जोड दिनुहुँदै नेतृत्व तहमा पनि पुग्नका लागि तमुहरुलाई आग्रह गर्नुभयो ।
प्रतिष्ठानको २०औं वार्षिक साधारण सभा तथा ८औ अधिवेशनमा सचिव भेषबहादुर गुरुङले वार्षीक कार्ययोजना प्रतिवेदन र कोषाध्यक्ष श्यामबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत् गर्नुभएको थियो ।
उक्त अवसरमा तमु साँस्कृतिक प्रतिष्ठान, नेपालको विद्यार्थी छात्रवृति अक्षयकोषमा मेनकाजी÷मीरा तमु स्मृति छात्रवृति स्वरुप मेनकाजी र मीरा तमुको छोराछोरीले नगद एक लाख २५ हजार रुपैया प्रदान गर्नुभएको थियो ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00

उस्तै खबर





can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09