तमु साँस्कृतिक प्रतिष्ठानको वार्षिक साधारणसभा सम्पन्न
तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २२ औं साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ ।
वार्षिक साधारण सभाका प्रमुख अतिथी संस्थाका पूर्व प्रथम उपाध्यक्ष, सल्लाहकार, सफल पर्यटन व्यवसायी एवं धितालकोट टुर्स एण्ड ट्राभल्स तथा ब्लु स्टार कार्गोका संचालक हर्कबहादुर तमुले उद्घाटन गर्नुभएको थियो । उहाँले सस्थाले स्थापनाकाल देखि गर्दै आएको योगदानप्रति गर्व महसुस भएको बताउनुभयो ।
कार्यक्रममा तमु धीं नेपालका संस्थापक अध्यक्ष तथा संस्थाका अक्षयकोषदाता कर्म तमु, संस्थाका संस्थापक एवम् सल्लाहकार, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष, गण्डकी खेलकुद परिषदका संस्थापक सदस्य सचिव तेज तमु, तमु धीं नेपालका अध्यक्ष एवं कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक हुम तमु, संस्थाका अक्षयकोषदाता संस्था तमु (गुरुङ) समाज कतारका प्रमुख संरक्षक बील तमु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका सचिव कन्चन तमुद्वारा बर्षभरि संस्थाले गरेको गतिविधिहरुको प्रगती प्रतिवेदन र कोषाध्यक्ष श्याम तमुद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसै अवसरमा कार्यक्रमका प्रमुख अतिथि धितालकोट टुर्स एण्ड ट्राभल्सका सञ्चालक हर्कबहादुर तमुले संस्थाको कोषको लागि रु. १०,००० (अक्षरुपी दश हजार) आर्थिक सहयोग प्रदान गरेका छन् ।
संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव कन्चन तमु र स्वागत मन्तव्य प्रथम उपाध्यक्ष श्रीजङ तमुले व्यक्त गरेका थिए ।

ग्रामिण भेगका तमु समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आएको उक्त संस्थाले उच्च शिक्षा हासिल गर्ने विद्यार्थी तथा श्रष्ठाहरुलाई साम्मान गर्नुका साथै विद्यार्थीहरुको वृत्ति विकासका लागि विभिन्न प्रशिक्षणहरु सञ्चालन गर्दै आएको छ । हालसम्म ९ देखि १२ कक्षा सम्मका ४४८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको उक्त संस्थाले यो वर्ष १८७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने सचिव कन्चन तमूले जानकारी दिए ।
यस शैक्षिकसत्र २०८१ को छात्रवृत्ति आगामी असोज ३ र ५ गते वितरण गर्ने संस्थाले जनाएको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38