
तमु ह्युल छोंज धिं कास्की अध्यक्ष टेकबहादुर गुरुङको शोकसभा सम्पन्न
हुम तमू
तमु ह्युल छोंज धिं गुुरुङ राष्ट्रिय परिषद कास्कीका अध्यक्ष स्वर्गीय टेकबहादुर गुरुङको मंगलवार शोक सभा सम्पन्न गरिएको छ।

तमु ह्युल छोंज धिं गुुरुङ राष्ट्रिय परिषद कास्कीले पोखरा १६ तमु ह्युल चोक बिरौटास्थित स्वर्गीय गुरुङको निवासमा सातौं दिनको तिथिमा शोक सभा तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि तमु ह्युल छोंज धिं गुुरुङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष रेशम गुरुङ, उपाध्यक्ष ले.यामबहादुर गुरुङ,उपाध्यक्ष नरबहादुर गुरुङ, उपमहासचिव मनोज गुरुङ, प्रदेश इञ्चार्ज दलबहादुर गुरुङ, प्रदेश अध्यक्ष पदम गुरुङ, केन्द्रीय सदस्य जितबहादुर गुरुङ, केन्द्रीय सदस्य चेतबहादुर गुरुङ, जिल्ला उपाध्यक्ष सीता गुरुङ, सचिव आसबहादुर गुरुङ, तमु स्यो ह्युल जिल्ला अध्यक्ष जुनाकुमारी गुरुङ, तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङ, राप्रपाका उपमहासचिव मदनबहादुर कार्की, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्म गुरुङ लगायत कार्यक्रमका सहभागीहरुले स्वर्गीय गुरुङको तस्बीरमा पुष्र्पापण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।
कार्यक्रममा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष रेशम गुरुङले केन्द्रीय समिति र गण्डकी अध्यक्ष पदम गुरुङले समवेदना पत्र हस्तान्तरण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना व्यक्त गरिएको थियो।

शोक मन्तव्य व्यक्त गर्नुहुदै केन्द्रीय अध्यक्ष रेशम गुरुङले संस्था, समुदायप्रति अत्यन्तै योगदान पुर्याउनुभएका कास्की अध्यक्ष टेकबहादुर गुरुङ सधै अमर रहने बताउनुभयो। स्वर्गीय गुरुङले संगठन विस्तार र पोखरामा तमु जातिय डिजिटल संग्रहालय निर्माणको पहल उदाहरणीय योगदान दिनुभएको भन्दै उहाँको सपना पुरा गर्न सकेमा सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो।
तमु धिं नेपालका कार्यवाहक हुमबहादुर गुरुङ श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुहुदै स्वर्गीय समाजसेवी गुरुङ तमु समुदायको एकता, प्रगतिका लागि अहोरात्र खट्नुहुने अभिभावक, तमुवानको पहिचान र अधिकारका लागि निष्ठावान र समयलाई बुझ्ने उदाहरणीय व्यक्तित्वको निधनले तमु समुदायले असल अभिभावक गुमाएको बताउनुभयो।
स्वर्गीय गुरुङले अघि बढाउनुभएको तमु डिजिटल संग्राहलय निर्माण सम्पन्न गर्नु हामी तमुहरुको दायित्व हो भन्दै तमु धिं नेपालको तर्फबाट पनि साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।
तमु ह्युल छोंज धिं गण्डकी अध्यक्ष पदम गुरुङले शोक मन्तव्य व्यक्त गर्नुुहुदै तमु समुदायको एकता, संगठन विस्तार, डिजिटल संग्रहाल निर्माणका लागि पुर्याउनु भएको योगदान र अभिभावकत्वको स्मरण गर्दै उहाँको सपना पुरा गर्न सके साँचो श्रद्धाञ्जली हुने बताउनुभयो ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26