
तमूस्यो ह्युल छोंज धींको चौथो राष्ट्रिय महाधिवेशन असोज ७ र ८ गते काठमाडौमा हुने
तमूस्यो ह्युल छोंज धींको चौथो राष्ट्रिय महाधिवेशन यहि असोज ७ र ८ गते काठमाडौमा हुने भएको छ ।
परिषद्ले आइतबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरि महाधिवेशन हुने बारे जानकारी दिएको हो ।

महाधिवेशनको उद्घाटन सत्र असोज ७ गते वि.जी मल नजिककै रहेको बि.जी. व्यङ्क्विटमा हुनेछ भने बन्दसत्र तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय कार्यालय मित्रनगरमा असोज ८ गते हुनेछ ।
महाधिवेशनमा ४४ जिल्ला, ७ प्रदेश ३९ वटा संस्थागत गरि झण्डै २ सय ५० जना प्रतिनिधिका साथै उतिनै संख्यामा पर्यवेक्षकहरु सहभागी हुने महाधिवेशन मूल आयोजक समितिका संयोजक एवं परिषद्का कार्यवाहक अध्यक्ष टिचन तमूस्योले जानकारी दिनुभयो ।
हालसम्म यस्तै महाधिवेशनको ९० प्रतिशत तयारी पूरा भएको आयोजकले जनाएको छ ।
उस्तै खबर





Awesome https://lc.cx/xjXBQT
Written by Jada2935 2025-04-25 16:38:00