ताजा खबर

तमू (गुरुङ) कलाकार संघ गण्डकीद्धारा आफना सदस्यहरुलाई राहत वितरण

   ३० असार २०७७, मंगलवार २१:०४      1,046 views

तमू (गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिले आज आफनो मातहातका तमू कलाकारहरुलाई राहत वितरण गरेको छ ।

तमू धिं नेपाल नयाँ बजारमा एक कार्यक्रमको आयोजना गरि संघले कोडिभ–१९ बाट समस्यमा परेका कलाकारहरुलाई राहत वितरण गरेको हो ।


संघले ३६ जना कलाकारलाई एक बोरा चामल, २ केजी दाल, २ लिटर तेल, २ किजी दाल, १ केजी नुन र एक पोका सोयाविन राहत स्वरुप प्रदान गरेको छ भने कार्य समितिका २५ जना सदस्य तथा एक जना संस्थापक सदस्य गरि २६ जनालाई घर भाडामा राहत पुगोस भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको संघका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।


कोभिड १९ ले बजार व्यवसाय सबै ठप्प भएपछि दोहोरी साँझमा गाउने, विभिन्ने स्टेज कार्यक्रमहरुमा गीत गाउने, नाच्ने आदि पेशाबाट आफनो जिविको पार्जन गरेर आएका कलाकारहरुको पेश लामो समयसम्म ठप्प हुँदा कलाकारहरु समस्यमा परेको भन्दै तमू कलाकारहरुले राहत कोष स्थापना गरि देश विदेशमा सबै संघ संस्था तथा व्यक्तिलाई सहयोगको लागि आवहान गरेको थियो ।

सो राहतकोषमा तमू धि युके, तमू धि नेपाल, तमू ह्युल छोंज धि गण्डकी प्रदेश समिति, मिलन फाउन्डेशन, तमू धि साउदी अरब, तमू प्ये ल्हु संघ कतार गरि विभिन्न २१ वटा संघ संस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग गरेको अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।


राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले नेपाल र नेपालीको भाषा, धर्म संस्कारलाई उजागर गर्ने र लोप हुने अवस्थामा पुगेको पुरानो भाकालाई जोगाउने कर्ममा लाग्ने कलाकारलाई राज्यले सधै उचित संरक्षण गर्ने बताउनुभयो ।

अहिले देश कोभिडबाट मात्र नभई सलह र बाढी पहिरोबाट समेत उतिकै प्रभावित रहेको भन्दै विपतिको बेला सबै जना संयमिति हुनुपर्ने र यस विपतिबाट सबैले पाठ सिक्नुपर्ने बताउनुभयो ।
अब सधंै कोरोनाको त्रासमा मात्रै बसेर नहुने भन्दै सामाजिक दुरी कायम राख्दै अर्थतन्त्र चलयमान हुने काममा सबै जना लाग्नुपर्ने बताउनुभयो ।


कलाकारले आफूलाई सधैं माया र सम्मान गरेको भन्दै कलाकारलाई पर्ने दुःख र आपतमा पनि आफू सधैं कलाकारको साथमा रहने बताउनु भयो ।


कार्यक्रममा संघका सल्लाहकार तथा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले सबैलाई मनोरञ्जन दिने कलाकार के खान्छा, कहाँ बस्छ उसलाई गाह्रो सारो के छ भनेर कसैलाई चासो नहुनु दुःखको कुरा भएको बताउनुभयो ।

तमू धिं नेपालका कार्यबाहक अध्यक्ष हुमबहादुर गुरुङले अब कलाकारले सबै तमू संघ संस्थालाई एक बनाएर अगाडी बढनुपर्ने बताउनुभयो ।


यस्तै तमू कलाकार संघ केन्द्रिय समितिका महासचिव गणेश गुरुङले नेताले १ घण्टा भाषण गर्नु भन्दा कलाकारले एउटा गीत गायो भने त्यो सबैले सम्झिने भन्दै नेतालाई पर्दा काम लाग्ने कलाकारलाई अवसर आउँदा नेताले पनि सहि ठाउँ दिनुपर्ने बताउनुभयो ।

तमू कलाकारले आवहान गरेको राहतकोषमा छोटो समयमा सोचे भन्दा धेरै सहयोग प्राप्त भएको भन्दै उहाँले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।


संघका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव ज्योती लोहनी गुरुङले गर्नुभएको थियो ।

यसैबीच आजैदेखि तमू कलाकार संघ गण्डकीको कार्यालय तमू धिं नेपाल नयाँ बजारमा स्थापना भएको छ । तमू धिं नेपालले निःशुल्क रुपमा उपलब्ध गराएको भवनभित्र कलाकारको कार्यालय स्थापना भएको भन्दै संघले भवन उपलब्ध गराउने तमू धि नेपाल प्रति आभार व्यक्त गरेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284