
तमू (गुरुङ) सञ्चारकर्मी संघ कास्कीको अध्यक्षमा युग गुरुङ
तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, जिल्ला कार्यसमिति कास्कीको अध्यक्षमा युगबहादुर गुरुङ चयन हुनुभएको छ ।

तमू धीं नेपालमा सम्पन्न भएको संघको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि युगबहादुरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति शनिबार निर्विरोध निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्ष शिला गुरुङ, सचिव सम्राट गुरुङ, सहसचिव दिलप्रसाद गुरुङ, कोषाध्यक्ष तिर्सना गुरुङ रहनुभएको छ । यस्तै सदस्यहरुमा पदम घले, जित गुरुङ, आकाश गुरुङ, हुम बहादुर गुरुङ, सदिक्षा गुरुङ र मनप्रसाद गुरुङ रहनुभएको छ ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि संघका पुर्व अध्यक्ष मीना गुरुङले तमू सञ्चारकर्मीहरु एक अर्कामा सहयोगको भावना राखेर अघि बढनुपर्ने बताउनुभयो । आफू जुनसुकै भुमिकामा रहे पनि तमू सञ्चारकर्मी संघलाई सधै माया र सहयोग गरिरहने उहाँले बताउनुभयो ।
कार्यक्रममा तमू सञ्चारकर्मी संघका केन्द्रिय महासचिव रोशनी गुरुङले संघले अहिले संगठन सुदृढिकरण र संगठन विस्तारको कामलाई अघि बढाइ रहेको बताउनुभयो । संघको पाँचौ केन्द्रिय महाधिवेशन अगामी चैत २४ र २५ गते कास्कीको ताङतिङमा हुने जानकारी गराउँदै उहाँले महाधिवेशनमा सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा गुरुङ साहित्यिक मञ्चकी अध्यक्ष गौरी तमूले तमूहरुले शिक्षा, सञ्चार र साहित्यमा प्रगति नगर्दासम्म समाजको विकास नहुने बताउनुभयो ।
यसअघि कार्यक्रममा संघका पुर्व अध्यक्ष मीना गुरुङद्धारा स्थापना गरिएको मीना गुरुङ तमू पत्रकारिता पुरस्कारबाट पत्रकार खड्क गुरुङलाई नगद २० हजार सहित सम्मान गरिएको थियो ।
विगत तीन दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार गुरुङ हाल मर्दि न्युज डटकमको सम्पादक हुनुहुन्छ । साथै उहाँ तमू सञ्चारकर्मी संघ नेपालको संस्थापक सदस्य समेत हुनुहुन्छ ।
कार्यक्रम संघकी निर्वतमान अध्यक्ष शान्ति गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00

उस्तै खबर





can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09