ताजा खबर

तमू धिं नेपाल र तमू धिं बेल्जियमद्धारा सिन्धुपाल्चोकमा तमू भाषा प्रशिक्षण शुरु

   ७ माघ २०७५, सोमबार १९:१८      2,462 views


तमू धिं नेपाल र तमू धिं बेल्जियमले सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी नाम्लाङ गाँउपालिका वडा नं. ७ भोटेनाम्लाङ गाउँमा सोमवारदेखि तमू भाषा प्रारम्भिक प्रशिक्षण शुरु गरेको छ ।
तमू भाषा, सँस्कृतिप्रति अनभिज्ञ रहेको भोटेनाम्लाङ गाँउका तमुहरुलाई भाषाका प्रारम्भिक ज्ञान दिलाउन र बोलीचालीका भाषा बोल्न सक्षम बनाउन तमु धिं नेपालले तमु धिं बेल्जियमको सहयोगमा तीन महिने तमू भाषा प्रारम्भिक तालिम शुरु गरेको हो ।


तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका महासचिव गिरीप्रसाद तमुले आदिवासी जनजातिको पहिलो पहिचान भनेको मातृभाषा भएकाले मातृभाषा लोप भइसकेको सिन्धुपोल्चोकमा तमू भाषाको प्रारम्भिक तालिमका लागि पोखरादेखि आएको बताउनुभयो। तीन महिने तालिममा भोटेनाम्लाङका तमूहरु बोलीचालीको तमू भाषा सहजै बोल्न सक्ने अपेक्षा गर्नुभयो।

कास्की, लमजुङ, तनहु, स्याङ्जा, मनाङ लगायतका जिल्लाको ४२ वटा गाँउहरुमा तमू भाषाको लेखन शैली तालिम सम्पन्न गर्दै तमू धिं भाषिक जागरणको अभियानमा पुर्वतर्फ लम्केको बताउनुहुदै उक्त अभियानको प्रेरक तमू धिं बेल्जियमलाई धन्यवाद व्यक्त गर्नुभयो।


विशेष अतिथि भाषाविद रत्नबहादुर तमूले प्रारम्भिक तालिमका विषय वस्तु प्रवेश गराउनु हुदै भाषा जातिय पहिचान भएकाले मातृभाषा सिक्न र संरक्षण तमुहरु जुट्नुपर्ने बताउनुभयो। भाषाहरु हाम्रो सँस्कृति तथा मौलिकता नै लोप हुदै जाने भएकाले आफ्नो अस्तित्व रक्षाका निम्ती भए पनि मातृभाषा जगेर्ना गर्नुपर्ने बताउनुभयो।


तमू धिं बेल्जियमका महासचिव गडुलध्वज तमुले मातृभाषाको महत्व कति हुन्छ भन्ने विदेशी भुमिमा रहदा आफुलाई मर्म परेकाले आफ्नै गाउँबाट तमु भाषा जागरण अभियान शुरु गरेको हो। तमू धिं नेपालको सहकार्यमा तमू भाषा, सँस्कृति जागरण अभियानका लागि तमू धिं बेल्जियमले लामो समयसम्म सहकार्य गर्ने बताउनुभयो।भोटेनाम्लाङका तमुहरुले ठुलो अवसर पाएको छ, यो प्रारम्भिक तालिमको अधिकतम उपयोग गर्नुपर्ने उहाँको आग्रह थियो।


तमु धिं बेल्जियमका सल्लाहकार रामबहादुर तमुले तमु भाषा हराउदै जादा तमु नै हराउने भएकाले मातृ भाषा सिक्नका लागि भोटेनाम्लाङका तमुहरुले विशेष चासो दिन आग्रह गर्नुभयो।


स्थानिय समाजसेवी दुवबहादुर तमूको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन देवराज तमूले गर्नुभएको थियो भने भाषा प्रशिक्षकहरुमा तमू धिं नेपालका कार्यसमिति सदस्य गमबहादुर तमू र तमू धिं नेपाल क्षेत्रीय समाज तनहुँ तमू समाजका सचिव मिनबहादुर तमू रहनुभएको छ। तमू भाषाको तीन महिने प्रारम्भिक प्रशिक्षणमा भोटेनाम्लाङका १ सय ५० तमूहरुको सहभागी रहेकाछन्।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284