ताजा खबर

तमू धिं युकेद्धारा कास्कीका पत्रकारहरुको कोरोना बिमा गर्न १ लाख ८० हजार आर्थिक सहयोग

   ३१ जेष्ठ २०७७, शनिबार २०:२२      889 views

बेलायतमा रहेको तमू धिं युकेले कास्कीमा क्रियाशील पत्रकारहरुको कोरोना बिमा गर्नका निम्ती १ लाख ८० हजार रुपैंया आर्थिक सहयोग गरेको छ ।


उक्त सहयोग रकम आज पोखरामा आयोजित कार्यक्रमका बीच नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।


तमू धिं युकेका पुर्व अध्यक्षद्धय मेजर डम्मर घले र मुक्षेत्र गुरुङ तथा नेपाल प्रतिनिधि मेजर लक्ष्मीप्रसाद गुरुङ लगायत अन्य सदस्यहरुको उपस्थितीमा सो रकम हस्तान्तरण गरिएको हो ।


रकम प्रदान गर्दै तमू धिं युकेका पुर्व अध्यक्ष मेजर डम्मर घलेले देशमा घटेको हरेक घटना र कार्यक्रमको सूचना दिन अग्रमोर्चामा खटिने पत्रकारहरुको जीवन रक्षाको निम्ती कोरोनासँग लड्ने आत्माबल बढोस र जनतालाई सहि सूचना दिनका लागि सबै पत्रकारहरुलाई जोस जाँगर मिलोस भनेर आफूहरुले कास्कीका पत्रकारहरुको कोरोना बिमा पत्रकार महासंघ कास्की मार्फत गरेको बताउनु भयो ।


बिमा रकम ग्रहण गर्दै पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कास्कीका पत्रकारहरुको कोरोना बिमा गर्न जिम्मा लिएको तमू धिं युकेप्रति आभार व्यक्त गर्नुभयो ।


देशमा हरेक घटना घटदा अग्रसर हुने पत्रकार र जनतालाई सहि सूचना दिनेपनि पत्रकार नै भएको तर पत्रकारका लागि बिमा गर्ने कुरा गर्दा कतिपयले पत्रकारलाई किन सहयोग गर्ने भन्दै पछि हटने गरेको सन्र्दभ उठाउदै अध्यक्ष श्रेष्ठले पत्रकारहरुको कोरोना बिमाका लागि तमू धिं युकेले देखाएको उद्धारताको खुलेर प्रशंसा गर्नुभयो ।


साथै उहाँले कास्कीमा हाल पत्रकार महासंघमा आबद्ध ३ सय २ जना पत्रकार रहेको र त्यस मध्ये ४१ जना पत्रकारहरुको बिमा सम्बन्धित मिडिया हाउसबाट भएको तथा बाँकी २ सय ६१ जना पत्रकारहरुको बिमा तमू धिं युकेबाट प्राप्त १ लाख ८० हजार मध्येबाट भएको बताउनुभयो ।


सिद्धार्थ इन्सुरेन्स कम्पनी मार्फत १ जना पत्रकारको ६ सय रुपैंयाका दरले २ सय ६१ जनाको १ लाख ५६ हजार ६ सयको बिमा गरिएको समेत अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

अब कोरोना बिमा गरिएको पत्रकार मध्ये कसैको पि.सि.आर. टेष्ट गर्दा कोरोना पोजेटिभ आएमा बिमा बापतको रकम एकमुष्ठ १ लाख रुपैंया प्राप्त गर्नेछ ।


यसैबीच पत्रकार महासंघ कास्कीले आजै तमू धिं युके मार्फत प्राप्त गरेको कोरोना बिमाको रकमबाट बचेको २३ हजार ४ सय रुपैंया नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका गण्डकी प्रदेश इञ्चार्ज हुम गुरुङलाई हस्तान्तरण गरेको छ ।


पत्रकार महासंघको सदस्यता नभएका अन्य आदिवासी पत्रकारहरुको कोरोना बिमा गर्नका निम्ती सो रकम खर्च गर्ने गरि फोनिजलाई बचेको रकम प्रदान गरिएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284