ताजा खबर

तमू धिं युकेद्धारा तमू कलाकार संघलाई १ लाख आर्थिक सहयोग

   ३१ जेष्ठ २०७७, शनिबार १९:४५      1,068 views

तमू धिं युकेले तमू कलाकार संघ केन्द्रिय समितिलाई १ लाख रुपैंया आर्थिक सहयोग गरेको छ ।


कोभिड –१९ का कारण समस्यमा परेका तमू कलाकारहरुलाई राहत वितरण गर्ने उद्देश्यले संघ मार्फत कलाकारलाई सो आर्थिक सहयोग गरेको तमू धिं युकेका नेपाल प्रतिनिधि मेजर लक्ष्मीप्रसाद गुरुङले जानकारी दिनुभयो ।


आज पोखरामा भएको एक कार्यक्रमका बीच सहयोग रकम ग्रहण गर्दै तमू कलाकार संघका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका संस्थापक अध्यक्ष गायिका दुर्गा गुरुङले तमू धिं युकेले विगतदेखि तमू कलाकारहरुलाई गर्दै आएको माया र सहयोग अतुलनीय रहेको भन्दै तमू धिं युके परिवारलाई धन्यवाद दिनुभयो ।


तमू धिं युकेकै सहयोग र पहलमा वर्षेनी थुप्रै तमू कलाकारहरुले नेपाली मेला, गोर्खा कप तथा ल्होछार लगाएतको कार्यक्रममा सहभागि भई बेलायतको भ्रमण गर्ने सुनौलो अवसर जुरेको भन्दै आउने दिनमा पनि तमू कलाकार संघ र तमू धिं युकेको सम्बन्ध सुमधुर रहेने बतायनुभयो ।


कार्यक्रममा तमू धिं युकेका पूर्व अध्यक्षद्धय मेजर डम्मर घले र मुक्षेत्र गुरुङ, नेपाल प्रतिनिधि मेजर लक्ष्मीप्रसाद गुरुङ लगायत अन्य प्रतिनिधिहरुको सहभागिता रहेको थियो

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284