तमू धीं नेपालद्वारा हङकङ र युकेका पाहुनालाई स्वागत
तमू धीं नेपालले आइतवार पोखरा स्वागत तथा सम्मान कार्यक्रम गरेको छ ।
हङकङबाट घर विदामा पोखरा आउनुभएका तमू ट्हो ह्युल हङकङका अध्यक्ष विजयकुमार गुरुङ, महिला विभाग अध्यक्ष कविता गुरुङ, सचिव गीता गुरुङ, युकेबाट आउनुभएका क्वोने/घोताने/घोण्डे युकेका महासचिव तथा तमू धीं युकेका साँस्कृतिक सचिव ईन्द्र घोतानेलाई स्वागत र ल्होछार विशेष साँस्कृतिक कार्यक्रमका प्रायोजक तथा सहयोगीहरुलाई सम्मान गरेको हो ।
पोखरा ९ नयाँबजारस्थित तमू धीं नेपालमा आयोजित कार्यक्रममा पाहुनाहरु र प्रायोजकहरुलाई तमू धीं नेपालका अध्यक्ष कर्म तमू र कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले खादा, क्रेगी, क्रमु, भाङ्ग्रा र मायाको चिनोसहित सम्मान पत्रले स्वागत तथा सम्मान गर्नुभएको हो ।
तमू धींको स्वागत ग्रहण पश्चात तमू ट्हो ह्युल हङकङका अध्यक्ष विजयकुमार गुरुङले पोखरा आउँदा तमू धीं नेपालको स्वागतले आफुहरु समाजसेवामा जुट्न थप प्रोत्साहित भएको भन्नुभयो ।
उहाँले तमू ट्हो ह्युल हङकङ, हङकङमा रहेको तमूहरुको स्वतन्त्र एवम् साझा संस्था भएकाले सबै संघ संस्थासँग सहकार्य र भाइचारा सम्बन्ध राख्दै आएको बताउनुभयो ।
उक्त अवसरमा तमू धीं नेपालले समस्या, पिडा र दैवि प्रकोपमा परेकाहरुलाई तत्काल राहत प्रदान गर्न स्थापित आकस्मिक राहत कोषमा तमू ट्हो ह्युल हङकङको तर्फबाट १ लाख १ हजार १ सय रुपैया तमू धीं नेपाललाई हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा तमू धीं नेपालका केन्द्रीय सदस्य समेत रहनु भएका पोखरा आर एम सी, सेभेन लेक आर एम सीका संचालन सफल व्यवसायी नारायण गुरुङले तमू धींले वार्षिक रुपमा आयोजना गर्ने ल्होछार विशेष साँस्कृतिक कार्यक्रममा व्यवसायीहरुको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको अध्यक्षता गर्नुभएका तमू धीं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले पाहुनाहरुलाई स्वागत, नेपालमा बसाई सुखदको कामना गर्दै जहाँ रहे पनि तमू संघ संस्थाहरुको उद्धेश्य र अभियान एउटै भएकाले सहकार्य गरेर तमू धीं अघि बढ्ने बताउनुभयो । उक्त कार्यक्रमको संचालन महासचिव गिरीप्रसाद गुरुङले गर्नुभएको थियो ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09