
तमू धीं युके लण्डन इकाइका उपाध्यक्ष चेतप्रसाद गुरुङको कोरोनाका कारण निधन
बेलायतमा कोरोना भाइरसरबाट थप एकजना नेपालीको निधन भएको छ ।

तमू धीं युके लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेतप्रसाद गुरुङको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निधन भएको हो ।
५६ वर्षीय समाजसेवी गुरुङको लन्डनको ह्यारोस्थित नथर्विक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको तमू धीं लन्डन इकाईका पूर्व अध्यक्ष दिपक गुरुङले जानकारी दिनुभएको छ ।
नेपालको पर्वत जिल्ला स्थायी घर भई विगत लामो समयदेखि श्रीमतीका साथ बेलायतको अल्पर्टनमा बस्दै आउनु भएका पूर्व गोरखा सैनिक गुरुङ १४ दिनदेखि कोरोनाबाट थला परेका थिए ।

गुरुङको निधनप्रति तमू धीं लन्डन इकाइका अध्यक्ष चन्द्रबहादुर गुरुङ र महासचिव भरत गुरुङ तथा आमा समितिका अध्यक्ष दिलमाया गुरुङद्धारा शोक विज्ञप्ती जारी गर्दै दुःख व्यक्त गरेको छ ।
उस्तै खबर





Awesome https://is.gd/N1ikS2
Written by Helena2828 2025-04-29 23:35:08