तमू प्ये ल्हु संघमा तीन दिने तमू भाषा तथा लिपि प्रबद्र्धन तालिम सुरु
तमू प्ये ल्हु संघ केन्द्रिय समितिको आयोजनामा आजदेखि पोखरामा तीन दिने गुरुङ भाषा तथा लिपि प्रबद्र्धन तालिम सुरु भएको छ । पोखरा महानगर पालिकाको उप मेयरसँग महिला कार्यक्रम अन्तर्गतको आर्थिक सहयोगमा सो तालिम शुरु भएको हो ।
तालिमको आज एक कार्यक्रमका बीच पोखरा महानगर पालिकाका कार्यपालिका सदस्य राधिका शाहीले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले उपमेयरसँग महिला कार्यक्रम अन्तरगत महिलाहरुलाई क्षमता, व्यक्तित्व, नेतृत्व र उद्योग व्यवसायमा अघि बढाउन प्रेरित गर्दै आएको भन्दै यो तालिमले महिलाहरुलाई अन्य क्षमतासँगै आफनो भाषा लिपिलाई कसरी प्रबद्र्धन गर्न सकिन्छ भन्ने बारे सहयोग पुग्ने बताउनुभयो ।
नेपाल अनेक भाषाभाषी र जातजातिको देश भएको भन्दै सबैले आफनो भाषालाई जोगाउन जरुरी रहेको उहाँको भनाई छ । कार्यक्रममा तमू प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी गुरुङ, पूर्व अध्यक्षहरु ले.इन्द्रबहादुर गुरुङ र क्या.रुपबहादुर गुरुङ लगायतले तालिमको सफताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
तालिम संयोजक एवम तमू प्ये ल्हु संघका केन्द्रिय महासचिव शान्ती गुरुङको अध्यक्षतामा सम्पन्न भएको तालिमको उद्घाटन कार्यक्रमको सञ्चालन केन्द्रिय कोषाध्यक्ष कञ्चन गुरुङले गर्नुभएको थियो । यसैबीच तालिमको पहिलो दिन आज लिपि तथा तमू भाषाको पृष्ठभूमि विषयमा खडग गुरुङले प्रशिक्षण दिनुभएको छ भने भोलि दोस्रो दिन तमू भाषामा गाउँ ठाउँ पहिचान विषयमा कञ्चन गुरुङ, तमू क्युई र चों क्युई बीचको इतिहास तथा अन्तरसम्बन्ध विषयमा तेजबहादुर गुरुङ तथा भाषा लेखन तथा आदनप्रदान विषयमा शान्ती गुरुङले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
यस्तै तालिमको अन्तिम दिन पर्सि तमू भाषा लेखन शैली सम्बन्धी बुद्धिप्रसाद गुरुङले प्रशिक्षण दिने कार्यक्रम रहेको तालिम संयोजक शान्ती गुरुङले जानकारी दिनुभयो । तालिममा तमू प्ये ल्हु संघका विभिन्न शाखा समितिहरु एवम विभिन्न तमू संघ संस्थाहरुमा आबद्ध ९० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09