ताजा खबर

तमू प्ये ल्हु संघ युके आमा समूहको वार्षिक साधारण सभा सम्पन्न

   २ चैत्र २०७५, शनिबार १९:१२      2,444 views

मिलन तमू र नेत्र टु क्ल्हेप्री तमू युकेको सहयोगमा

बेलायतमा सक्रिया रहेको तमु प्ये ल्हु संघ युके आमा समुहको वार्षिक साधारणसभा गत २४ फेब्रुअरीमा सम्पन्न भएको छ । आमा समुहकी अध्यक्ष बिष्णु टु क्ल्हेप्री तमुको सभापतित्वमा भएको साधारणसभामा सचिव बबिता प्हच्यु तमूले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

तमू प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर खुसीमान ल्हेँगे तमूको प्रमुख आतिथ्यता रहेको उक्त साधारणसभामा आमा समूहका प्रथम उपाध्यक्ष टकमाया लम् तमूले स्वागत मन्तव्य राख्नु भएको थियो भने तमू प्ये ल्हु संघ युकेका प्रथम उपाध्यक्ष रनबहादुर टु क्ल्हेप्री तमू, द्धित्तिय उपाध्यक्ष बुद्धी क्रोम्छे तमू सचिव खेम सर्बुज तमू, कोषाध्यक्ष दिलिप तेलेँन्जे तमू, क्ल्हेप्री चिवा हिरा म्होब्छे क्ल्हेप्री तमू, प्रमुख सल्लाहकार ले.मदन प्ल्हेँ तमू र पूर्व अध्यक्ष सोम त्हेर्जे तमूको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा आमा समुहका प्रमुख सल्लाहकार सनमाया तमू तथा प्रमुख अतिथि मेजर खुशीमान ल्हेँगे तमूले शुभकामना मन्तव्य दिनु भएको थियो । साधारणसभामा सचिव बबिता प्हच्यु तमू र कोषाध्यक्ष माया क्रोम्छे तमूले क्रमशः साँगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

आमा समूहको सो वार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न गर्नको लागि आमा समूहका सदस्यहरु तथा शुभचिन्तकहरुको विशेष सहयोग र सहभागिता रहेको थियो ।

कार्यक्रममा डम्बर च्हम्रु तमूले हल भाडा प्रयोजन गर्नुभएको थियो भने सदस्यहरु बोलमाया क्रोम्छे तमू र अध्यक्ष बिष्णु टु क्ल्हेप्री तमूले चिया, रोटी र खाना खर्च प्रयोजन गर्नुभएको थियो ।


त्यसैगरि नन्दकुमारी ल्हेँगे, धनमाया, हरिमाया, सरिता, मोती च्हम्रु, यमुना प्हच्यु, सञ्जु लँई र बुद्धी कुमारी प्हच्यु तमूले खसी र कुखुराको मासु खर्च सौजन्य गर्नुभएको भएको थियो भने बबिता प्हच्यु, टकमाया, बीजमाया थिम्चे, सुमन, रेश्मा, सनमाया र तनुजा ल्होँ तमुले पेय पदार्थ उपलब्ध गराई सहयोग गर्नु भएको थियो ।

उक्त वार्षिक साधारण सभामा आमा समूहले विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेका थिए । जसमा ब्रेकन(धम्पुस मितेरी गाउँको सदभावना दूतमा नियुक्त हुनु भएकोमा संघका अध्यक्ष मेजर खुसीमान ल्हेँगे तमुलाई तमु परम्परा अनुसार क्रेगी ओढ़ाई सम्मान गरेका थिए भने आमा समूहकी प्रथम उपाध्यक्ष टकमाया लम् तमुलाई गोरखा जिल्ला समाजको उपाध्यक्ष पदमा चयन भएकोमा बधाई सहित क्रमु ओढाएर सम्मान गरेका थिए ।

सभामा तमु महान पर्व ल्होसार कार्यक्रममा रुपा बनाई सहयोग गर्नु हुने आमाहरु बुद्धी कुमारी, नन्द कुमारी, सिरमाया र पदम माया ल्हेँगे तमुलाई पनि धन्यनाद सहित सम्मान गरेको थियो भने संघको द्धितिय उपाध्यक्ष बुद्धी क्रोम्छे तमुलाई रुपा लगाई दिएर स्याईस्याई गरी स्वास्थ्य लाभको कामना व्यक्त गरेको थियो ।

पारिवारिक माहौलमा सौहार्दपूर्ण ढंगले सम्पन्न भएको उक्त वार्षिक साधारण सभामा आमा समूहको बाक्लो उपस्थिति रहेको थियो भने बाबाहरुको गरिमामय उपस्थितिले सभाको शोभा बढाएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284