ताजा खबर

तमू भाषाका आदिकवि स्व.हर्कबहादुर गुरुङको ८४औं जन्मजयन्तीमा शालिक अनावरण

   १२ माघ २०७७, सोमबार १७:१९      1,000 views

तमू भाषका आदिकवि स्वर्गीय हर्कबहादुर गुरुङको नवनिर्मित शालिक अनावरण गरिएको छ ।

आदिकवि स्व. गुरुङको ८४ औं जन्म जयन्तीका दिन आईतबार उनकै गाउँ स्याङ्जा फेदिखोला गाउँपालिका वडा नं.–१, रामकोटमा प्रमुख अतिथी गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले अनावरण गरेका हुन् ।


तमु आदिकावि स्व. हर्क बहादुर गुरुङ स्मृति प्रतिष्ठान फेदिखोला गाउँपालिकाद्वारा रामकोटमा आयोजित कार्यक्रममा स्व. गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्दै आदिकविको योगदानको सम्मान हुनुपर्ने बताए । तमु भाषामा गीत लेखन, गायनका सुत्रधार स्व. गुरुङको प्रकाशित, अप्रकाशित कृतिको संरक्षणका साथै प्रकाशन जरुरी रहेको उनले भनाई राखे ।

नेपालमा रहेका विविधता नै पहिचान भएकोले सांस्कृतिक, भाषिक संरक्षण र विकाशमा ध्यान दिनु पर्ने जोड दिँदै मन्त्री गुरुङले स्व. गुरुङको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठान सँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताए ।


कार्यक्रममा प्रदेश सभा सदस्य मिनप्रसाद गुरुङले स्व. गुरुङलाई तमुहरुले मात्रै नभई राज्यले नै आदिकवि घोषणा गर्नु पर्ने माग गरे । आदिकवि स्व. गुरुङको विषय फेदिखोला गाउँपालिकाले पाठ्य विषय वस्तुमा समावेश गर्न तयारी गरिरहेकोमा खुशी व्यक्त गर्दै श्रष्टाको शालिक स्थापनाले पर्यटन प्रर्वदनमा समेत टेवा पुग्ने बताए । स्रष्टा राज्यको निधि भएकाले स्रष्टाका कृति संरक्षण र प्रकाशनमा जोड दिनु पर्ने बताए ।


तमु धिं नेपाल अध्यक्ष हुमबहादुर तमुले तमु आदिकवि स्व. हर्क बहादुर गुरुङ शिक्षा, सचेतना, राष्ट्रसेवा, सामाजिक न्यायका सांस्कृतिक अभियन्ता भएको बताए । उनको सिर्जना र जागरण अभियान सबैको लागि उदाहरणीय भएको बताए ।


फेदिखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले तमु आदिकवि स्व.हर्क बहादुर गुरुङलाई सम्मान गर्न कुनै कञ्जुस्याई नगरिएको बताए । गाउँपालिका स्व. हर्क बहादुर गुरुङको बारेमा पाठ्यक्रममा समावेश र शालिक सहितको पार्क निर्माणमा जुटेको बताउँदै उनले गुरुङ मात्र होइन फेदिखोलाको स्रष्टालाई राष्ट्रले आदिकवि घोषणा गर्न माग गरे ।


कार्यक्रममा बहादुर सिंह गुरुङ र तेज बहादुर चाक्लीले कविता वाचन गरेका थिए भने प्रतिष्ठानका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षता, निर्माण समितिका संयोजक लाला गुरुङले स्वागत मन्तव्य र प्रतिष्ठानका सचिव अविलास गुरुङले कार्यक्रम संचालन गरेका थिए ।


तमु आदिकवि स्व. हर्कबहादुर गुरुङको शालिक सहितको पार्क निर्माणमा फेदिखोला गाउँपालिका जुटेकोछ । स्व. गुरुङले ‘क्यु दे थुलेन दुःख मुना’ लगायतका साढे तीन दर्जन गीत लेखन र गायन गर्दै गाउँ बस्ती बस्ती जागरुक गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


The Beatles - легендарная британская рок-группа, сформированная в 1960 году в Ливерпуле. Их музыка стала символом эпохи и оказала огромное влияние на мировую культуру. Среди их лучших песен: "Hey Jude", "Let It Be", "Yesterday", "Come Together", "Here Comes the Sun", "A Day in the Life", "Something", "Eleanor Rigby" и многие другие. Их творчество отличается мелодичностью, глубиной текстов и экспериментами в звуке, что сделало их одной из самых влиятельных групп в истории музыки. Музыка 2024 года слушать онлайн и скачать бесплатно mp3.

Written by Jerry1747 2024-02-12 01:42:09

The Beatles - легендарная британская рок-группа, сформированная в 1960 году в Ливерпуле. Их музыка стала символом эпохи и оказала огромное влияние на мировую культуру. Среди их лучших песен: "Hey Jude", "Let It Be", "Yesterday", "Come Together", "Here Comes the Sun", "A Day in the Life", "Something", "Eleanor Rigby" и многие другие. Их творчество отличается мелодичностью, глубиной текстов и экспериментами в звуке, что сделало их одной из самых влиятельных групп в истории музыки. Музыка 2024 года слушать онлайн и скачать бесплатно mp3.

Written by Catherine4722 2024-02-12 01:40:28

purchasing cialis online purchasing cialis online

Written by purchasing cialis online 2024-02-09 15:38:15
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284