ताजा खबर

तमू साँस्कृतिक प्रतिष्ठानको वार्षिक उत्सवमा कलाकार दानबहादुर र बलबहादुर सम्मानित

   ६ माघ २०७५, आईतवार २०:१२      1,591 views

तमू साँस्कृतिक प्रतिष्ठान नेपालको १८औं वार्षिक उत्सव तथा स्रष्टा सम्मान कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा तमू धि युकेका अध्यक्ष नन्दजंग गुरुङले अग्रजहरुले गरि आएको राम्रो कामलाई आपूmले पनि निरन्तरता दिने भन्दै आउने दिनमा तमू साँस्कृतिक प्रतिष्ठानसँग आफूहरुको सम्बन्ध अझै प्रगाढ बनाउँदै लैजाने र हर क्षेत्रमा सहयोग गर्ने बताउनुभयो ।


कार्यक्रममा उच्च शिक्षा सम्मानबाट दोलाख स्थायी घर भई हाल काठमाडौ निवासी भुवनकुमारी गुरुङलाई नगद २० हजार र सम्मान पत्रले सम्मान गरिएको छ भने पार्वता तमू स्मृति कलाकारिता सम्मानबाट गुरुङ चलचित्रका वरिष्ठ नायक तथा अभिनेता बलबहादुर गुरुङलाई नगद १० हजार र सम्मानपत्रले सम्मान गरिएको छ । यस्तै विगत ४ दशकदेखि नृत्य र अभिनयको क्षेत्रमा क्रियाशील पुर्वप्रहरी महानिरीक्षक दानबहादुर गुरुङलाई स्व.मिनबहादुर गुरुङ (डाँफे बुढा) स्मृति कलाकारिता सम्मानबाट नगद २५ हजार र सम्मान पत्रले सम्मान गरिएको छ


कार्यक्रममा यसवर्षको लालशोभा तमू उत्कृष्ट आमाको पुरस्कारबाट कास्कीको भदौरे निवासी तमू साँस्कृतिक प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त गरि यसवर्षको एसईई परिक्षामा ३.५५ जिपिए अंक ल्याई उत्र्तिण हुन सफल निशान गुरुङकी आमा गौलक्ष्मी गुरुङलाई नगद २० हजार र सम्मान पत्रले सम्मान गरिएको छ ।


कार्यक्रम स्थलमा केहि नयाँ र फरक प्रस्तुती दिने उद्देश्यले विद्यार्थी र तिनका अभिभावकसँग अन्तिम गुरुङले छोटो अन्तरक्रिया समेत गर्नुभएको थियो । कास्कीको अन्नपूर्ण मा.वि. सिक्लेसका स्नेह गुरुङ र लमजुङको पाचोक मा.वि.का पवन गुरुङ तथा उहाँको अभिभावकसँग गरिएको अन्तरक्रियामा विद्यार्थीका दुःख संर्षघको कथा सुनेर कार्यक्रम स्थलमा सहभागीहरुको आँखा रसाएका थिए ।


कार्यक्रम पश्चायत अन्नपूर्ण मा.वि. सिक्लेसका स्नेह गुरुङलाई एसईईपछिको सम्पूर्ण पढाई खर्च तमू धि युकेका अध्यक्ष नन्दजंग गुरुङकी छोरी प्रनिसा गुरुङले र पाचोक मा.वि.का पवन गुरुङको एसईईपछिको सम्पूर्ण पढाई खर्च तमू धि यु.के.का निर्वतमान अध्यक्ष ज्ञाम गुरुङले सहयोग गर्ने वचन बद्धता गरिएको छ ।


कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकार तथा तमू साँस्कृतिक प्रतिष्ठानका विद्यार्थी समितिबाट विभिन्न नृत्य प्रस्ततु गरिएको थियो भने कलाकार ज्ञानबहादुर थापा र प्रदिप गुरुङले गीत प्रस्तुत गर्नुभएको थियो ।


तमू साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष चीजकाजी गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव श्रीजंग गुरुङले गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284