
तमू साँस्कृतिक प्रतिष्ठानको ८औं अधिवेशन सम्पन्न, अध्यक्षमा चित्रबहादुर गुरुङ निर्वाचित
तमू साँस्कृतिक प्रतिष्ठान नेपालको १७औं वार्षिक साधारणसभा तथा ८औं अधिवेशनले चित्रबहादुर गुरुङको अध्यक्षतामा अगामी ३ वर्षको लागि नयाँ कार्य समितिको चयन गरेको छ ।

जसको प्रथम उपाध्यक्षमा श्रीजंग गुरुङ, द्वितीय उपाध्यक्षमा हिरादेवी गुरुङ, सचिवमा भेषराज गुरुङ, सहसचिवमा कञ्चन गुरुङ, कोषाध्यक्षमा कौशिला गुरुङ, सहकोषाध्यक्षमा श्यामबहादुर गुरुङलाई सर्वसम्मत चयन गरिएको छ । यस्तै कार्य समितिको सदस्यहरु डमर गुरुङ, मणिलाल गुरुङ, लक्ष्मी गुरुङ, शिला गुरुङ, लोकबहादुर गुरुङ, टेकनसिंह गुरुङ र किरण गुरुङलाई चयन गरिएको छ ।
यसअघि १७औं वार्षिक साधारणसभा तथा ८औं अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद मिना गुरुङले प्रतिष्ठानले लिएको लक्ष्य आफैमा महत्वपूर्ण र समाजमा दीर्घकालीन प्रभाव पार्ने खालको रहेको भन्दै प्रतिष्ठानको अझै प्रगतिको कामना गर्नुभयो ।
गुरुङ समुदायमा अहिले पनि महिलाहरुलाई सानैमा विवाह गरिदिने र पुरुषहरुलाई लाहुरे हुन र विदेश जान प्रेरित गर्ने परम्परा विद्यामान रहेको भन्दै त्यस्ता कार्यलाई अबको समाजले निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।

अबको तमूहरु यहि देशमा नेतृत्व प्रदान गरेर अघि बढनुपर्ने तथा आफनो विचारमा परिवर्तन गर्दै सामाजिक र व्यवसायिक क्षेत्रमा पनि अघि बढन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा बेलायतको लण्डन शहरमा बोरोउ अफ बर्नेट काउन्सिलका उप मेयर लक्ष्यबहादुर गुरुङले अब तमूहरु अघि बढने हो भने मूलधारको राजनीतिमा जानुको विकल्प नरहेको बताउनुभयो । साथै उहाँले तमू साँस्कृतिक प्रतिष्ठानले लिएको लक्ष्य आफैमा महत्वपूर्ण रहेको भन्दै संसारभर रहेका तमू संघ संस्थाका अध्यक्षहरुलाई यसको पदेना सदस्य बनाउन सक्यो भने यसको दायरा अझै फराकिलो हुँदै जाने बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका सहकोषाध्यक्ष कौशिला गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र सह सचिव भेषराज गुरुङले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन सर्वसम्मत ढङ्गले पारित गरिएको थियो ।

वि.सं २०५८ सालमा उच्च शिक्षा हाम्रो लक्ष्य भन्ने मूल नाराका साथ स्थापित भएको प्रतिष्ठानले नेपालको ग्रामिण भेगमा आर्थिक अभावले आफनो पढाईलाई अगाडि बढाउन कठिन भई रहेको गरिब तथा जेहेन्दार तमू विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । प्रतिष्ठानद्धारा प्रदान गरिने छात्रवृत्तिको सहयोगबाट हालसम्म सयौं तमू विद्यायर्थीहरुले आफनो भविष्य उज्ज्वल बनाई सकेको छन् ।
आज पोखराको पञ्चकोशी आर्थर डाँडाखर्क तमू समाजमा आयोजित अधिवेशन अध्यक्ष चिजकाजी गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन सचिव श्रीजंग गुरुङले गर्नुभएको थियो ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52