ताजा खबर

तमू साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा लमजुङ र गोरखामा छात्रवृत्ति वितरण

   ६ आश्विन २०८१, आईतवार १८:२२      279 views

पोखरा
तमू साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा हिजो असोज ५ गते शनिबार समितिका सदस्यहरु दुई समूहमा विभाजित भइ लमजुङ र गोरखामा तमू विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।


संस्थाका द्वितीय उपाध्यक्ष डमरबहादुर तमूको नेतृत्वमा सचिव कन्चन तमू, कोषाध्यक्ष श्यामबहादुर तमू, विद्यार्थी समितिको सदस्य तारा तमू र कार्यालय सचिव गंगामाया तमू लमजुङ जिल्लाको सदरमुकाम बेँसीसहर स्थित तमू सङ्ग्रहालयको सभाहलमा १६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको प्रतिष्ठानका सचिव कञ्चन तमूले जानकारी दिनुभयो ।


कार्यक्रममा तमू प्ये ल्हु संघ क्ल्हेप्री समितिका केन्द्रीय अध्यक्ष सन्तोष टु तमूले समुदायमा सरहानिय कार्य गरेको यस तमू साँस्कृतिक प्रतिष्ठान नेपालको कामलाई लमजुङका सम्पूर्ण संघ संस्था र समाजहरुले महत्व दिनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले आज छात्रवृत्ति पाउने विद्यार्थीहरु नै भविष्यमा लमजुङ जिल्ला हाँक्ने जनशक्ति भएको भन्दै उनीहरुले सबैले आफनो ठाउँबाट सतकर्म गर्नका निम्ति प्रेरित गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद लमजुङका अध्यक्ष जीवराज घले, क्होलासोंथर गाउँपालिका वडा नं. २ का पूर्व वडा अध्यक्ष बुद्धिप्रसाद तमू, विद्यार्थीहरु बालकल्याण मा.वि. दारिमबोटका छात्र विवेक तमू र छात्रा मेलिना घलेले मन्तव्य राख्नुभएको थियो ।


यस शैक्षिकसत्र सत्रमा कक्षा ८ देखि १२ सम्म छात्रवृत्ति प्राप्त गर्ने जम्मा १ सय ८७ जना विद्यार्थीमध्ये २८ जना र कक्षा ९ मा यस वर्ष छनौटमा परेका जम्मा ८४ मध्ये १२ जना विद्यार्थीहरु लमजुङ जिल्लाको रहेका छन् । यसअघि लमजुङका १० जना विद्यार्थीहरुलाई असोज ३ गते पोखरामा आयोजित कार्यक्रममा छात्रवृत्ति वितरण गरिएको थियो ।


संस्थाका द्वितीय उपाध्यक्ष डमरबहादुर तमूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष श्यामबहादुर तमूले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव कञ्चन तमूले गर्नुभएको थियो ।


यसैचबीच हिजो नै प्रतिष्ठानले गोरखामा पनि छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोरखाको व्यवस्थापनमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रमको लागि प्रतिष्ठानका निवर्तमान अध्यक्ष चिजकाजी तमूको नेतृत्वमा प्रथम उपाध्यक्ष श्रीजङग तमू, सदस्य द्वय लक्ष्मी तमू र लोकबहादुर तमू तथा विद्यार्थी समितिका कोषाध्यक्ष पञ्चकुमारी तमूको समूह गोरखा पुगेको थियो ।


कार्यक्रममा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोरखनका अध्यक्ष राम तमू, विद्यार्थी पञ्चकुमारी तमू, आहाल भञ्ज्याङ् मा.वि. सिरानचोकमा कक्षा १० मा अध्ययनरत छात्रा जेनिसा तमूले आफ्ना भनाइ राख्नुभएको थियो ।


गोरखामा जम्मा विद्यार्थी मध्ये २० जना र यस वर्षको नयाँ छनौट भएका १३ गरी जम्मा ३३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको प्रतिष्ठानका निवर्तमान अध्यक्ष चिजकाजी तमूले जानकारी दिनुभयो ।


कार्यक्रममा परिषदका कार्यसमितिका पदाधिकारीहरु तथा सदस्यहरु, नेपाल विद्यार्थी समितिका अध्यक्ष मनोज तमू तमुस्यो जागृती महिला समिती अध्यक्ष हिमला तमू लगायत शिक्षक, अभिभावक र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।


संस्थाका निवर्तमान अध्यक्ष चिजकाजी तमूको अध्यक्षतामा सम्पन्न कार्यक्रम सदस्य लोकबहादुर तमूले सञ्चालन गर्नुभएको थियो भने प्रथम उपाध्यक्ष श्रीजङग तमूले स्वागत मन्तव्य राख्नुभएको थियो । पहिलो चरण पोखरामा ५ जिल्लाका लागि असोज ३ गते छात्रवृत्ति वितरण गरिसकेको र यो दोस्रो चरणको कार्यक्रम रहेको सचिव कञ्चन तमूले जानकारी दिनुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

2 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284