
तमू ह्युल छोंजको केन्द्रिय पार्षदसभा दमौलीमा सम्पन्न
तस्विर सौजन्य गल गुरुङ दमौली
सम्पूर्ण तमूहरुको आव्हान अस्तित्व र पहिचानको लागि तमूवानको अभियान भन्ने नाराका साथ तमू ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिषदको केन्द्रिय दोस्रो पार्षदसभा तनहुँको दमौलीमा सम्पन्न भएको छ ।

माघ २५ र २६ गते दुई दिनसम्म चलेको सभामा नेपालका ६५ जिल्लाबाट व्यापक रुपमा तमूहरुको सहभागिता रहेको थियो भने संस्थाको संरक्षक समिति, सल्लाहकार समिति, अनुगमन समिति, भातृ संगठन, लेखा समिति, अनुशासन समिति लगायतका समितिका सदस्यहरुको पनि कार्यक्रममा उपस्थिती रहेको थियो ।

दमौलीमा सम्पन्न सभाले संस्थाको केन्द्रिय महासचिव सुर्यबहादुर गुरुङले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गोपाल गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सुझाव सहित पारित गरेको छ ।

यसका अलाव सभाले तमूवान आन्दोलनको सम्बन्धमा छलफल गर्दै हालसम्मको आन्दोलनको समिक्षा गरेको छ भने राज्यले घोषणा गर्दै गण्डकी प्रदेश नामाकरणप्रति असहमति जनाउँदै संस्थागत रुपमा काम काजको भाषा प्रदेश नं. ४ नै राख्ने र तमूवान नाम राख्नका लागि आन्दोलनका कार्यक्रमहरु जारी नै राख्ने निर्णय गरेको छ ।

यस्तै ल्होसारको दिन सार्वजनिक विदाको सुनिश्चित नहुँदासम्म त्यसका लागि पनि अन्दोलन जारी राख्ने र खेमा लिपिलाई देशभर व्यापक बनाउन लिपि प्रशिक्षकहरु तयार गर्ने र पठनपाठनको व्यवस्था मिलाउने पनि निर्णय गरेको तमू ह्युद छोंज धिका केन्द्रिय अध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो ।

आजको खबर
Follow Us

गण्डकीमा सरकारी कामकाजमा गुरुङ र मगर भाषालाई मान्यता
२५ असार २०८२, बुधबार १३:३१

यस वर्षको राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार पत्रकार रुद्र श्रीस मगरलाई
२५ असार २०८२, बुधबार १९:५८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38