
ताङतिङका आगलागी पिडितलाई ताङतिङ समाज युकेको आर्थिक सहयोग
कास्कीको मादी गाउँपालिका वडा न. २ ताङतिङको पुरन स्वाँरमा गत चैत १६ गते आगलागीमा परेका पिडित परिवारलाई ताङतिङ समाज युकेले आर्थिक सहयोग गरेको छ । परिवारलाई युकेबाट प्राप्त नगद ७४ हजार २ सय रुपैंया मादी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष एकजंग गुरुङ मार्फत प्रदान गरिएको छ ।

आगलागीबाट स्थानीय भिम गिरीको घर र गोठ जलेर नष्ट भएको थियो । आगलागीबाट मानवीय क्षती नभए पनि ११ वटा माउ बाख्रा ४ वटा बोका ३ वटा खसी र ५ वटा पाठी सहित २ ओटा चौपाय जलेर नष्ट भएका थिए ।

आगलागीमा परि घिमिरे परिवारको करिब ५ लाख बराबर धनमाल जलेर नष्ट भएको थियो ।
उस्तै खबर





Awesome https://is.gd/N1ikS2
Written by Helena2828 2025-04-29 23:35:08