ताङतिङमा पर्यटकलाई निम्तो दिन होमस्टेको टोली पोखरामा
नेपाल सरकारले यसअघि घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० आजबाट विधिवत रुपमा शुरु भएको छ । देशको सातै प्रदेशमा विभिन्न कार्यक्रम गरि पर्यटन वर्षलाई स्वागत गरिरहँदा पोखरामा पनि भव्य कार्यक्रम भएको छ ।
त्यही कार्यक्रमको मेसो पारेर कास्कीको मादी गाउँपालिका वडा नं. २ मा रहेको पर्यटकीय गाउँ ताङतिङमा पर्यटकलाई निम्तो गर्नका लागि सिङ्गो होमस्टेको टोली पोखरा आएको छ ।
विदेशी भन्दा स्वदेशी पर्यटकले बढी मात्रमा रुचाएको ताङतिङमा अन्तरिक पर्यटकको चहलपहत बढेपछि व्यवस्थित रुपमा घरबास कार्यक्रम (होमस्टे) सञ्चालनमा आएको हो ।
वि.सं. २०६८ सालबाटै चालु भएको होमस्टे २०७४ सालबाट विधिवत रुपमै दर्ता गरेर सञ्चालन आएको छ । २ सय घरधुरी रहेको ताङतिङमा अहिले १४ घरमा होमस्टे सञ्चालित रहेको ताङतिङ सामुदायिक होमस्टेकी अध्यक्ष पसमाया गुरुङले जानकारी दिनुभयो । अहिले ताङतिङका होमस्टेले एकरातमा ८० देखि १ सय जनासम्म पर्यटक राख्न सक्ने होमस्टे सञ्चालकहरुले बताएका छन् ।
होमस्टेमा एकरात बसेबापत दुई छाक खाना र बे्रकफास्ट समेत गरि एकजना पर्यटकले १ हजार रुपैंया तिर्नुपर्छ । खाना र खाजाको परिकार सबै गाउँले उत्पादन नै हो । होमस्टे सञ्चालक समितिकी सचिव पुनम गुरुङले भन्नुभयो ।
अहिले ताङतिङबाट क्होला सोंथर पुग्ने मोटरबाटो खुलेपछि ताङतिङको पर्यटन व्यवसायमा अझै सुधार आएको छ । गत वर्ष करिब १ हजार ३ सय पर्यटक आएको ताङतिङमा अहिले मासिक करिब २ सय जनासम्म पर्यटक आउने गरेको होमस्टे सञ्चालक समितिको तथ्याङ्क छ ।
तमू जातिको मौलिक भाषा र परम्पराको लागि प्रख्याती कमाएको ताङतिङमा पछिल्लो समय पर्यटन व्यवसाय र फूलखेतीले पनि राम्रो चर्चा पाएको छ । चिसो हावापानीका कारण बाह्रै महिना लटरम्म सयपत्री फूल फूल्न थालेपछि यो व्यवसायले अहिले मादी गाउँपालिकाको सबै वडा र पोखराका विभिन्न कार्यक्रमहरुमा फूलको माला निर्यात गर्न भ्याएको मादी गाउँपालिका वडा नं. २ का अध्यक्ष एकाजंग गुरुङले बताउनुभयो ।
नेपाल भ्रमण वर्षको पोखरामा भएका औपचारिक शुरुवात कार्यक्रममा पनि ताङतिङ होमस्टेले ठूलो सङख्यमा फूलको माला सौजन्य स्वरुप उपलब्ध गराएको छ ।
ताङतिङ जान चाहानेहरुले पोखराको काहुँखोलाबाट बस अथवा जिप चढेर काउरे डाँडा, ज्याउदु, चाँसु, रोही गाउँ हुँदै ताङतिङसम्मको ढेड घण्टाको यात्रा गरेपछि पुग्न सकिन्छ । ताङतिङमा बसाई लम्ब्याउन चाहाने पर्यटकले गाउँ भन्दा माथि रहेको नौजु डाँडा, करापु, चौरो, तोप्रो हुँदै तमू जातिको ऐतिहासिक स्थल क्होला सोंथरसम्मको पैदल यात्रा गर्न सकिन्छ ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09