ताजा खबर

तारकाङ्गमा मादी गाउँपालिका वडा नं. ४ को नवर्निमत कार्यालय भवन उद्घाटन

   १ कार्तिक २०७७, शनिबार २०:१२      1,961 views

कास्कीको मादी गाउँपालिका वडा नं. ४ को नवर्निमत वडा कार्यालय भवन आज एक समारोहकाबीच उद्घाटन गरिएको छ ।

मादी ४ तारकाङ्गमा निर्माण गरिएको वडा कार्यालय मादी गाउँपालिकामा हाल निर्माणधिन ७ वटा वडा कार्यालयहरु मध्ये सबै भन्दा छिटो निर्माण सम्पन्न भएको वडा हो ।

जिल्ला समन्वय समितिको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत बजेटबाट अहिले मादीका ७ वटा वडामा धमाधम कार्यालय निर्माण भइरहेको छ भने अब २ वटा वडामा बन्ने क्रममा रहेको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिनुभयो ।


कुल ५८ लाख ५३ हजार ५ सय ३८ रुपैंयाँको लागतमा निर्माण सम्पन्न भएको वडामा जिल्ला समन्वय समिति कास्कीबाट ३५ लाख १२ हजार १ सय २३ रुपैंयाँ र गाउँपालिकाको २३ लाख ४१ हजार ४ सय १४ रुपैंयाँ लगानी रहेको आज उदघाटन कार्यक्रमका अवसरमा वडा अध्यक्ष सत्यराज सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले मादीको ४ नं. वडा कृषि र शिक्षाको लागि उर्भर थलो रहेको भन्दै अब मादी ४ मा गाउँपालिका स्तरीय शैक्षिक केन्द्रको स्थापना गरिने बताउनुभयो ।

विकास निर्माणको हरेक काममा त्यहाँका जनताले स्थानिय सरकारलाई साथ दिएको कारण मादीमा सबै भन्दा पहिलो वडा कार्यालय निर्माण गर्ने वडा बन्न सफल भएको बताउनुभयो । कोभिडको महामारीको बेला पनि वडाबासीले समयमै निर्माण सम्पन्न गरेको भन्दै उहाँले सबैलाई धन्यवाद दिनुभयो ।

साथै उहाँले नयाँ भवनसँगै अब कर्मचारीमा पनि नयाँ भवना र प्रवृतिको विकास भएर जनतालाई छिटो र सहज तरिकाले वडाबाट प्रदान गरिने सेवा दिनुपर्ने बताउनुभयो । जनप्रतिनिधिको काम भनेको जनतालाई सेवा दिनुमात्रै नभई आफनो क्षेत्रमा निर्माण भइरहेको विकासको योजनाहरुलाई समेत जनताले बुझने गरि बताउनुपर्ने भन्दै जनताले पनि आफनो क्षेत्रमा के–कस्तो विकासको काम भईरहेको छ त्यसमा चासो राख्नुपर्ने बताउनुभयो ।


आफू सुरुमा वडाको निरिक्षण गर्न आउँदा एउटा साँघुरो घरमा सारै असजिलो तरिकाबाट सेवा दिईरहेको देखेपछि तत्काल गाउँपालिकासँग समन्वय गरेर आफूले वडा कार्यालय निर्माणको लागि जिल्ला समन्वय समितिबाट रकमको लागि पहल गरेको बताउनुभयो ।

आउनेदिनमा अझै वडा कार्यालय परिसरमा आफनो तर्फबाट सार्वजानिक शौचालय, चमेना गृह लगायतको संरचना निर्माणको लागि पनि सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले अब आफूहरुको योजना तारकाङ्गलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्ने रहेको भन्दै यसकोलागि पनि वडाबासी जग्गा उपलब्ध गराएर सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्यद्धय नवराज बराल र वृहस्पति सापकोटा, नेकपा कास्की जिल्ला सदस्य बुद्धिसागर सापकोटा, नेकपा मादी गाउँपालिका संयोजक कृष्णराज दाहाल, नेपाली काँग्रेस मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ, मादी ११ का वडा अध्यक्ष मित्रबहादुर गुरुङ, भवन निर्माण समितिका संयोजक पुण्य सापकोटा लगायतले बोल्नुभएको थियो ।


वडा सदस्य शिव सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव बलराम सापकोटाले गर्नुभएको थियो । वडा अध्यक्ष सत्यराज सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


१५ रोपनी क्षेत्रफलमा फैलिएको वडा कार्यालय निर्माणको लागि स्थानिय १८ जना जग्गादाताले निःशुल्क रुपमा जग्गा उपलब्ध गराएका थिए । आज ति १८ जना जग्गा दाताहरुलाई कार्यक्रममा सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको छ ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284