ताजा खबर

तिम्ल्याहा सन्तान जन्माउन सफल दम्पतीलाई याङजाकोट तमू समाजको आर्थिक सहयोग

   २७ श्रावण २०७६, सोमबार १२:४३      5,001 views

कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङजाकोट निवासी तिम्ल्याहा सन्तान जन्माउन सफल चन्द्रमान गुरुङ र पुष्पा गुरुङ दम्पतीलाई याङजाकोट तमू समाज पोखराले आज आर्थिक सहयोग प्रदान गरेको छ ।

गत साउन १४ गते विहान १०.३८ बजे याङजाकोट स्वास्थ्य चौकीमा नै पहिलो सन्तानको रुपमा एक छोराको जन्मभएपछि थप सन्तान जन्माउन आमाको स्वास्थ्य अवस्था नाजुक हुँदै गएकोले तत्काल पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा ल्याएर सोही दिन साँझ ६.१३ बजे दोस्रो सन्तानको रुपमा छोरीको जन्म भएको थियो भने त्यस लगत्तै ६.२८ बजे तस्रो सन्तानको रुपमा अर्को छोरीको जन्म भएको थियो ।


पहिलो सन्तानको तौल २ किलो १ सय ग्राम, दोस्रो सन्तानको तौल १ किलो २ सय ग्राम र तेस्रो सन्तानको तौल १ किलो ५ सय ग्राम रहेको स्वस्थ बच्चा जन्मिएको थियो । अहिले आमा र सबै बच्चाहरुको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।

याङजाकोट गाउँ र समग्र मादी गाउँपालिका भित्रै यस्तो खाले घटना दुर्लभ भएको भन्दै त्यस क्षेत्रका स्थानियहरुले यतिबेला आमा र बच्चाहरुको बारेमा चासो व्यक्त गरिरहेका छन भने भेट्न आउने र बच्चा हेर्न आउने आफन्त र इष्टमित्रहरुको समेत घुुइँचो लागेको छ ।


यसबीच आज विहान याङजाकोट तमू समाज पोखराले आमा र बच्चाको स्याहार सुसारमा सहयोग पुग्ने हेतुले नगद १५ हजार आर्थिक सहयोग गरेको छ । समाजका अध्यक्ष सु.चन्द्रबहादुर गुरुङको नेतृत्वमा आमा समितिका सदस्यहरु समाजका कार्यसमितिका सदस्यहरु र अन्य सदस्यहरुको समेत उपस्थितीमा सो सहयोग रकम हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरणपछि बोल्दै समाजका अध्यक्ष स.चन्द्रबहादुर गुरुङले यो सबै सबै याङजाकोट बासीको लागि दुर्लभ र सुखद क्षण भएको भन्दै आउने दिनमा बच्चाको स्याहार सुसार र पालन पोषणमा एकदमै ध्यान दिनुपर्ने र यो तीन जना बच्चाहरु एक साथ हुर्काउने काम एकदमै गाह्रो काम भएको भन्दै मादी गाउँपालिका, वडा नं. २ को कार्यालय तथा नेपाल सरकार लगायत देश विदेशका अन्य दाताहरुसँग सहयोगको लागि समेत अपिल गर्नुभयो ।

कार्यक्रममा याङजाकोट तमू समाजका सल्लाहकार तथा सिलतलादेवी टोल विकास संस्था अध्यक्ष लोकबहादुर गुरुङले पनि ५ हजार आर्थिक सहयोग गर्नुभएको थियो भने यसअघि याङजाकोट डाँडा गाउँ निवासी लेमस्यो रिच्हमीको तर्फबाट पनि १० हजार आर्थिक सहयोग प्राप्त भएको छ ।
कार्यक्रममा तमू धि नेपालका द्धितिय उपाध्यक्ष तथा पत्रकार हुमबहादुर गुरुङले तमू धि नेपालको आकस्मिक राहतकोषबाट बच्चाहरुको लागि सक्दो सहयोग गर्ने बताउनु भएको छ ।


तिम्ल्याहा नवजात शिशुहरुको नाम क्रमशः घनकुमार गुरुङ, केशमाया गुरुङ र केसब्बा गुरुङ राखिएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284