तीन दिने फोटो तथा मोबाइल पत्रकारिता तालिम शुरु
नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आजदेखि तीन दिने फोटो तथा मोबाइल पत्रकारिता तालिम शुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै पत्रकार महासंघ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्माले आधुनिक प्रविधिको कारण पत्रकारिता पत्रकारिता क्षेत्रमा अदभूत विकास भएको बताए ।

पत्रकारिता क्षेत्र महत्वपूर्ण सामाजिक कार्य भएकाले यसलाई निरन्तरता दिन सक्नु नै एउटा पत्रकारको धर्म भएको बताउँदै यो क्षेत्र अराजक भयो भने समाज र राष्ट्रमा नै अराजकता फैलने हुनाले संयमतापूर्वक पत्रकारिता गर्न आग्रह गर्नुभयो । सत्य तथ्य समाचारको लागि फोटो पत्रकारिता महत्वपूर्ण भएकाले तालिममा सिकेका कुरालाई सही व्यवहारमा उतार्न पनि उनले आग्रह गरे ।
पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले पछिल्लो समयमा विकसित हुँदै आएको प्रविधि संगै पत्रकारितालाई पनि प्रविधिमैत्री बनाउनको लागि यो तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङले शब्दले व्यक्त गर्न नसक्ने सन्देश एउटा फोटोबाट प्रवाह गर्न सकिने बताउदै हरेक पत्रकारमा फोटो पत्रकारिताबारे ज्ञान हुनु पर्ने बताए ।

वरिष्ठ फोटा पत्रकार एवंम संरक्षणकर्मी कृष्णमणी बरालले फोटो पत्रकारिताको बारेमा सहजिकरण गर्दै फोटो पत्रकारिताको आचारसहिताको पालना नगर्दा त्यसले नकारात्मक परिणाम निम्त्याउन सक्ने हुनाले फोटो पत्रकारिता गर्दा केही संयमता अपनाउनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधब बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य महासंघका उपाध्यक्ष एवम प्रशिक्षण विभाग प्रमुख माधव रेग्मी र संचालन सह सचिव मधु अधिकारीले गरेका थिए ।
तीन दिन सम्म संचालन हुने तालिममा विभिन्न संचारमाध्यममा आवद्द ७० जना पत्रकार एवम संचारकर्मीको सहभागिता रहेको छ । दिस्रो र तेस्रो दिन वरिष्ठ फोटो पत्रकार राम गुरुङ एवं मोबाइल पत्रकारिता विशेषज्ञ विकास कार्कीले प्रशिक्षण गर्ने छन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38