
तीव्र गतिमा बढ्यो हिमनदी पग्लने दर
अघिल्लो २५ वर्षको तुलनामा गएको दुई दशकमा हिमनदीको बरफ पग्लने दर दोब्बरले बढेको अनुसन्धानले देखाएको छ ।

अमेरिकी जासुसी भूउपग्रहले खिचेका तस्बिर विश्लेषण गरेका न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले अघिल्लो २५ वर्षको तुलनामा गएको दुई दशकमा हिमनदीको बरफ पग्लने दर दोब्बरले बढेको बताएका हुन् ।
उनीहरुले अमेरिकी जासुसी भूउपग्रहले विगतमा खिचेका तस्बिरसँग हालैका अन्तरीक्ष यानका तस्बिर दाँज्दा ती क्षेत्रमा गएको ४० वर्षमा हिमनदी दोबर दरले पग्लिएको निष्कर्ष निकालेका बीबीसीले जनाएको छ ।
सन् २००० यता हिमनदीको उचाइ प्रति वर्ष औसतमा आधा मिटरले कम हुँदै गएको अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताले जलवायु परिवर्तनका कारण हिमनदीको बरफ तीव्र गतिमा पग्लिएको बताएका छन् ।
उस्तै खबर





Awesome https://lc.cx/xjXBQT
Written by Jada2935 2025-04-25 16:38:00