
तेस्रो बिरेन स्मृति १३औं बिटि कप सुरु, सुदिपको डबल ह्याट्रिकसँगै आयोजकको बिजयी सुरुवात
सुशान्त गाहा मगर
बुद्धटोल युवा क्लब बगरको आयोजनामा तेस्रो बिरेन स्मृति १३ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिता सुरु भएको छ ।

पोखराको पुरानो टुडिखेलमा “बर्तमान आधुनिक समाजको स्वरुप संरचना र समाजिक ज्ञान शिक्षा र स्वास्थ्यको लागि खेलकुद” भन्ने नारा सहित क्लबका सदस्य स्व. बिरेन गुरुङको स्मृतिमा १३ औं बिटि कप आजदेखी (सोमबार) सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा एल.ए. फुटबल क्लबलाई आयोजक टिम बिटि एल्लोले ७–१ को फराकिलो गोल अन्तरले पराजित ग¥यो ।
आयोजकको जितका लागि सुदिप पाठकले डबल ह्याट्रिक र सन्नी गुरुङले १ गोल गरे भने एल.ए.एफ.सी को तर्फबाट सन्देश सापकोटाले सान्त्वना एक गोल फर्काए ।
दोस्रो खेलमा केबी गाईजले बानिया ब्रदर्स २– ० गोल अन्तरले पराजित गरे । त्यस्तै तेस्रो खेलमा बिटी पिङ्कलाई अल्फा एफसीले ४–१ को गोल अन्तरले पाखा लगाउदै अघिल्लो चरणमा प्रबेश ग¥यो ।
यसअघि प्रतियोगितको उद्घाटन गर्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले उक्त प्रतियोगितले स्थानिय स्तरको खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए । उनले पुरानो टुडिखेलको खेल मैदानलाई स्तरोन्नती गर्नका लागि सरकारी निकायबाट आर्थिक सहयोग आएको समेत उल्लेख गरेका थिए ।

आगामी २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल, तथा प्रमाणपत्र सहित १ लाख ३१ हजार १ सय ११ रुपैया प्राप्त गर्ने क्लबका अध्यक्ष बिजया गुरुङले बताईन । गुरुङका अनुसार उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ८० हजार १ सय ११ रुपैया हात पार्नेछ ।
गुरुङले प्रतियोगितामा बिद्यागत पुरस्कारको ब्यवस्था गरेको उल्लेख गर्दै उत्कृष्ट खेलाडी, गोलरक्षक, मिडफिल्डर, डिफेन्डर र स्टा«ईकरलाई जनही ३ हजार सहित ट्रफिले पुरस्कृत गरिने बताए । उनका अनुसार अनुशासित एक टिमलाई नगद रु ७ हजारको साथमा शिल्ड प्रदान गरिनेछ । कुल ५८ टिमको सहभागिता रहेको सो प्रतियोगितालाई नेपाले खलक भिचुक –७ कास्की, बि.टी हङकङ, र बि.टी युकेले मुख्य प्रायोजन गरेको आयोजकले जनाएको छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26