ताजा खबर

तेस्रो हिरो मिसेस गुरुङको उपाधि मादी गाउँपालिकाकी रबिता गुरुङलाई

   ५ श्रावण २०७६, आईतवार ०७:४३      4,510 views

विवाहित गुरुङ महिलाहरुका लागि आयोजना गरिएको सुन्दरी प्रतियोगिता मिसेस गुरुङको उपाधि कास्कीको मादी गाउँपालिका वडा नं ५ थाम लङकछार निवासी रबिता गुरुङले जित्नु भएको छ ।

तेस्रो संस्करणको हिरो मिसेस गुरुङको उपाधि बिजेता रबिताले उपाधिसँगै मोष्ट वाल्क, मोष्ट इन्टेलिजेन्ट र वेष्ट परफमेन्स गरि तीन वटा अन्य सब टाइटल पनि जितेका छन् ।


अहिलेको युवा पुस्ताले तमू भाषा संस्कृतिको संरक्षण गर्न कस्तो तरिका अपनाउनु पर्ला ? भन्ने निर्णायको प्रश्नमा रबिताले अहिलेको पुस्तालाई भाषा संस्कृति सिकाउनको लागि पहिलो पाठशाला घर भएको भन्दै सबै भन्दा पहिलो घरबाट नै यसको सुरुवात गर्नुपर्ने र घरमै बाल बच्चालाई भाषा, संस्कार, संस्कृतिको कुरा सिकाउनुपर्ने जवाफ दिनुभएको थियो ।

बिजेता रबिताले हिरो होन्डाको डुयुट स्कुटर, चाँदीको ताज र अन्य पुरस्कारहरु प्राप्त गर्नुभएको छ । प्रतियोगितामा फष्ट रनरअप सम्झना गुरुङ हुुनुभएको छ उपाधिसँगै सम्झनाले मोष्ट एक्टिभ र वेष्ट हियरको उपाधी पनि जित्नुभएको छ । यस्तै सेन्केन्ड रनरअप तनु गुरुङ बन्न सफल हुनुभएको छ । उहाँले यो सँगै मोष्ट डिसिप्लिन र वेष्ट स्माइलको उपाधी पनि जित्नुभएको छ ।


यस्तै प्रतियोगितामा वितरण गरिएको विभिन्न सब टाइटल मध्ये वेष्ट पर्सनालिटी ङोमाया गुरुङ, वेष्ट कुक र मोष्ट व्युटीफूलको उपाधि गौरी गुरुङ, वेष्ट फोटोजेनिक र मोष्ट डाईनमिकको उपाधि सीता गुरुङ, मोष्ट कन्फिडेन्ट मेघा गुरुङ, मोष्ट पपुलर सोनिया गुरुङ, मोष्ट पङच्युल र भिओस च्वाईस शोभा गुरुङ, वेष्ट स्किन र मोष्ट स्टाईलिस माया गुरुङ, मोष्ट फ्रेन्डली र मोष्ट टयालेन्टको उपाधी एलिसा गुरुङले जित्नुभएको छ । प्रतियोगितामा ११ जना महिलाहरुको सभागिता रहेको थियो ।


नाल्मा तमू समाज पोखरा काठमाडौले आयोजना गरेको सो प्रतियोगिताको प्रबन्ध निर्देशक पवि गुरुङ, कार्यक्रम संयोजक निशा गुरुङ र सह संयोजक ममता गुरुङले विशेष भूमिका निवार्ह गर्नुभएको थियो ।

कार्यक्रममा आफनो भनाइ राख्दै निर्देशक पवि गुरुङले आउने वर्षबाट यसलाई अझ व्यवस्थित र व्यापक ढंगाले अगाडि बढाउने भन्दै सबैसँग सहयोगको लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले बिजेताहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो भने कार्यक्रमको निणार्यकहरुमा पोखरा एकेडेमीका संस्थापक प्रिन्सिपल महेन्द्र गुरुङ, प्रथम मिसेस गुरुङ उपाधी बिजेता चन्द्र गुरुङ, अधिवक्त तथा प्राध्यपक जुनाकुमारी गुरुङ, वरिष्ठ सञ्चारकर्मी इन्दिरा गुरुङ र मादी न्युज डटकमा तथा तमू संसार पत्रिकाका सम्पादक रोशनी गुरुङ हुनुहुन्थ्यो । नाल्मा तमू समाजका अध्यक्ष बुद्धिजंग गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।


यसैबीच कार्यक्रममा गुरुङ समुदायको शान र मान बढाएको भन्दै पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङलाई आयोजकको तर्फबाट सम्मान गरिएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284